सुन्तला उत्पादनमा ह्रास : गम्भीरता आवश्यक

  • फाल्गुन १४, २०७९
  • काेशीपत्र सम्पादक
alt

पछिल्लो एक अध्ययनबाट धनकुटामा सुन्तलाको उत्पादन घटेको निष्कर्ष निस्किएको छ । धनकुटामा सुन्तलाको उत्पादनमा ह्रास आउनुको मुख्य कारण जलवायु परिवर्तन भएको अध्ययनको निष्कर्ष छ । अध्ययनले धनकुटा जिल्लाभरि सुन्तलाको उत्पादन ३५ प्रतिशतभन्दा बढीले घटेको देखाएको समाचार प्रकाशमा आएको छ । धनकुटाकै सहिदभूमि गाउँपालिकामा यो वर्ष दुई सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको कृषि शाखाले जनाएको छ । सो गाउँपालिकामा गत वर्ष तीन सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताइएके छ ।

यसरी केषि उत्पादनमा ह्रास आउनु चिन्ताको विषय हो । त्यस क्षेत्रका किसानहरूको आय आर्जनको मुख्य माध्यम नै सुन्तला हो तर सुन्तलाको उत्पादन हरेक वर्ष घट्दै जान थालेपछि किसानहरूको आम्दानी पनि घट्न थालेको छ । यसले प्रत्यक्ष रूपमा किसान परिवारमा नकारात्मक असर पर्ने देखिए पनि अप्रत्यक्ष रूपमा भने राष्ट्रिय अर्थतन्त्रमै असर गर्ने निश्चित छ । सहिदभूमि गाउँपालिकामा यस वर्ष सुन्तला उत्पादनबाट ३ करोड रुपैयाँ आम्दानी भएको छ । यसअघि आर्थिक वर्ष २०७६÷७७ मा पालिकामा ४ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भई ६ करोड ३० लाख रुपैयाँ र २०७७÷७८ मा ४ सय मेट्रिक टन सुन्तला उत्पादन भई ५ करोड ६० लाख रुपैयाँ आम्दानी भएको थियो ।

यसबाट पनि सुन्तला उत्पादन बर्सेनी घट्दै गएको प्रस्ट हुन्छ । जलवायु परिवर्तनका साथै रोग र कीराको प्रकोप नै उत्पादन घट्नुका कारण भएको बताइएको छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ । जिल्लाभरि सुन्तलामा लाग्ने रोग र कीराबारे गहिरो अध्ययन गरिनुपर्छ । अध्ययनपछि रोग र कीराको उपचार गरेर सुन्तला उत्पादन बढाउन तत्काल प्रयास गरिनुपर्छ । यसका लागि स्थानीय तहले प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्नुपर्छ ।

सो क्षेत्रमा उत्पादन हुने सुन्तलाको गुणस्तरलाई एसियामै उत्कृष्ट मानिन्छ । त्यहाँका सुन्तला गुलिया र रसिला मानिन्छन् । त्यसैले उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन सरकारले प्रयास गर्नु आवश्यक छ । त्यसो हुन सकेमा प्रत्यक्ष रूपमा किसानले लाभ प्राप्त गर्नेछन् भने अप्रत्यक्ष्ँ रूपमा यसबाट राष्ट्र नै लाभान्वित हुने निश्चित छ । अहिले त्यस क्षेत्रका सुन्तलाको बोट सुक्ने, फल झर्नेलगायतका समस्या देखिएका छन् । यस्ता समस्या समाधानमा चासो देखाउनुपर्छ तर सरकारले पर्याप्त चासो दिएको देखिँदैन ।
कृषि क्षेत्रप्रति सरकारी उदासीनता र बेवास्ता उदेकलाग्दो छ । कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्रको विकासमा सरकारले पर्याप्त चासो र ध्यान दिन नसक्दा यस क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । यो सबैका लागि चिन्ताको विषय हुनुपर्छ । समस्या पत्ता लगाएर समाधानका लागि तत्परता नदेखाए समस्या झनु बढ्दै जाने निश्चित भएको हुँदा यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved