एस्पायर कलेजका बिद्यार्थी द्वारा प्रशिक्षण

  • फागुन १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका सञ्चालकहरुलाई विरानगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच.(ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन् ।

होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइसके पछि पाहुना खुसी भएर फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् ।

१२ बटा होम स्टे सककंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने बिद्यार्थीहरुमा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला, लिजा खतिवडा, समीर लावती र लिया खवास रहेका थिए ।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार बिद्यार्थीहरुलाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरेको र पढाइसगै सिकाइलाई समेत एस्पायरले विशेष ध्यान दिने भएकाले यस्ता कार्यक्रमहरुलाइ कलेजले प्राथमिकतामा राखेको बताए ।

एस्पायर कलेजका प्रीन्सिपल सि. एम. बस्नेतको नेतृत्वमा गएको टोलिले होम स्टे संचालकहरुलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको स्थानीयले बताएको बस्नेतले जानकारी दिए ।

कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टमा एम.वि.ए. अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होम स्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण गराए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved