विनायक र राइजिङ विजयी

  • फागुन १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । जसमा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । जस्मा साहिल खानले ३० रनको योगदान दिए । विनायकका प्रवेश पासवान र शिभम पासवानले ३–३ विकेट लिए ।

शुत्रबारै भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो । जस्मा अमन अन्सारीले ३६ रन बनाउँदा लक्ष्मण तत्माले २६ रन जोडे ।

राइजिङका राहुल राँय, महमद समर र महमद साहिलले २–२ विकेट लिए ।१ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए । मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २–२ विकेट लिए ।लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved