मास्टर सेफ सन्तोष साह भेट्दा विद्यार्थी उत्साहित

  • फागुन १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो ।
टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे । त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो ।

IMG_9470

सेफ नेपाल टिभी मार्फत ‘फुड रियालिटी शो’ गर्नका लागि स्थानिय मौलिक खानाका परिकारको खोजी गर्न आफ्नो टिमसहित प्रदेश १ भ्रमणको सिलसिलामा यु.एन. कलेज आएका साहले आफ्नो बिबिसी मास्टर सेफ कम्पिटिसनमा भाग लिँदाको रोचक अनुभव सुनाएका थिए ।

उत्साहित भएपछि विद्यार्थीहरुले साहलाई प्रश्न सोधेका थिए । बि.एच.एम. दोश्रो सेमेस्टरकी छात्रा सोनी गहतराज र हिमानी पोख्रेलले साहलाई यस क्षेत्रमा लाग्नुको कारण बारे सोधेका थिए । उनीहरुको जिज्ञासालाई साहले आफ्नो सङ्घर्षका रोचक प्रश्न सुनाएका थिए । सिरहाको कर्जन्हामा जन्मेका साहले आफूले एसएलसी. दिनु अघिका संघर्ष, सन् २००० मा एसएलसी दिइसकेपछि आफूले गरेका सङ्घर्ष र एसएलसी सकिएपछि कामको खोजीमा भारत गएको प्रसङ्ग सुनाउन विद्यार्थीहरु भावुक भएका थिए ।

भारतमा गरेको सङ्घर्ष सुनाउनले विद्यार्थीहरुलाई उनले भारतको एउटा फाईभ स्टार होटलमा भाडा माझ्ने काम सुरु गरेको बताएका थिए । मासिक ९ सय रुपैयाँमा काम गर्नुपर्ने बाध्यता रहेका प्रसङ्ग कोट्याउँदै साहले त्यसबेला धेरै सङ्घर्ष गर्नुपरेको बताएका थिए । उनले एसएलसी एकैपटकमा उत्तीर्ण नगरी पहिलो पटक एसएलसी दिँदा ३ विषयमा अनुत्तीर्ण भएको प्रसङ्ग कोट्याउँदै परीक्षा नदिई कामलाई निरन्तता दिएको, होटलमा काम गर्दा नै मास्टर सेफको विषयमा बुझेका थिए ।

IMG_9468

मास्टर सेफको तलब १६ हजार भएको थाहा भएपछि उनले पनि पढेर मास्टरसेफ बन्ने अठोट गरेको प्रसङ्ग विद्यार्थीहरुलाई सुनाएका थिए । उनले अधयन सकिसकेपछि बेलायत गएको, बिबिसी सेफ युकेको रिम्याच विजेता, बिबिसी युके २०२० को उपविजेता हुँदाको प्रसङ्ग विद्यार्थीहरुलाई स विस्तार सुुनाएका थिए । अन्तरक्रियापछि किराँती खानाको प्रशंसा गर्र्दै यो खानाको विकास गर्दै लैजानु पर्नेमा साहले जोड दिएका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved