२३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप पुलिसविरुद्ध केएफटिसीको बदला

  • फाल्गुन १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt तस्विर:लक्ष्मण थापा

 धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।
२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो ।
पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे ।
जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ३५ औँ मिनेटमा कप्तान खमिरको पासलाई सदुपयोग गर्दै उनले दोस्रो गोल सुनिश्चित गरे ।

buda bu
पुलिसका अनुभवी खेलाडीहरु जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी रहेको टिममा नयाँ खेलाडीसँग तादात्म्यता नमिल्दा खेल खस्किन पुगेको थियो । एउटै लयमा अगाडि बढेको पुलिसले थुप्रै आक्रमणलाई गोलको दिशा दिन सकेको थिएन ।

खेलको पाँचौँ मिनेटमा भोला सिलवालले गरेको पहिलो प्रयास असफल हुन पुगेको थियो । त्यस्तै पुलिसका तर्फबाट पहिलो हाफको ११ औँ मिनेटमा भोला सिलवालको पासमा समीर राईले गरेको प्रहार सफल हुन सकेन । खेलको पहिलो हाफकै ३० औँ मिनेटमा सन्देश बिकको पासमा दिलबहादुर तामाङको प्रहारसमेत फितलो प्रमाणित भयो । पहिलो हाफको इन्जुरी टाइममा हेम तामाङलाई फउल गरेपछि पाएको फ्रिकिकको राम्रो अवसर समेत कप्तान भोला सिलवालले विपक्षी गोलरक्षकको हातमा सुम्पिए ।

आक्रमक रुपमा उत्रिएको पुलिसलाई स्कोर गर्नबाट केएफटिसीको डिफेन्सलाइन बाधक बन्यो । पहिलो हाफमै २–० को अग्रता लिने उद्देश्य लिए पनि चुक्न पुगेको केफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले बताए । दोस्रो हाफमा खेलमा लय गुमाएको टिमको स्कोरका कारण मनोबल उच्च हुन सकेको प्रशिक्षक सुब्बाले बताए । ‘पुलिसको काउन्टर अट्याक रोक्न सकेका कारण खेल आफ्नो पक्षमा पार्न सफल भयौं ।’ प्रतिक्रिया दिंदै प्रशिक्षक सुब्बाले भने ।

हिमालयन शेर्पा क्लबको टिमसेट लिएर मैदानमा उत्रिएको केएफटिसी उपाधि विजेताको दाबेदार टिम हो । पुलिसका तर्फबाट प्रतिक्रिया दिंदै कप्तान भोला सिलवालले नयाँ खेलाडीलाई लिगको ट्रायलका लागि लिएर आएको बताए । गोल खाएका कारण नयाँ खेलाडीको मनोबल क्षय भएको उनले बताए । तेज तामाङ, सुमन लामालगायतका राम्रा खेलाडीले पुलिस क्लब छाडेर विदेशिए पछि पुलिसलाई आफ्नो पुरानो साख जोगाउने चुनौती थपिएको छ ।

खेल केही खस्किएको कप्तान सिलवालले स्वीकार गरे ।
नेपाल पुलिस पाँचपटकको बुढासुब्बा गोल्डकप विजेता, तीन पटक उपविजेता हो भने गत बर्षको उपविजेता टिम हो । यस्तै एकफिटिसी २१ आँंै संस्करणबाटमात्र बुढासुब्बा गोल्डकपमा भाग लिएको टिम हो ।

म्यान अफ दी म्याच केएफटिसीका निशान लिम्बूलाई धरान १६ का वडाध्यक्ष, आइएमईका प्रतिनिधि कुन्दन श्रेष्ठ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईलगायतले नगद १० हजार रुपैयाँ, मेडल र टिसर्ट प्रदान गरे ।
विजेता केएफटिसीले पहिलो सेमिफाइनल खेल युकेएफसी इन्डियासँग फागुन १७ गते स्पर्धा गर्ने छ । यस्तै मंगलबार एन्फा मोरङ र केबीपीएस बंगलादेशबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved