नाम चिया तथा कफी विकास बोर्ड कर्मचारी अभावमा कृषकको काम गर्न सकेन

  • फागुन १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा /  धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव ।

कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।
या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छैनन् । कार्यालय लामो समयदेखि कार्यालय प्रमुख विहीन अवस्थामा रहेको छ ।

लेखा प्रमुख बसन्तराज भण्डारीलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै दुई जना कृषि प्राविधिकको दरबन्दी रहेको यो कार्यालयमा एकजना प्राविधिको पद खाली छ । अर्को कृषि प्राविधि रेनु कैला काजमा प्युठानमा कार्यरत छन् । यस्तै फिल्ड सहायकका कर्मचारीको अवकासपछि अर्को कर्मचारी समेत कार्यालयले पाएको छैन ।

कार्यालय सहयोगी पदमा दिनेश प्रसाद बर्मा पनि काजमै काठमाण्डौमा कार्यरत छन् । तेह्रथुमका लेखापाल रामकुमार आङ्देम्बे हिले र तेह्रथुमस्थित कार्यालय हेर्ने गरी जिम्मा दिइएको छ ।

लेखापाल रामकुमार आङदेम्बेले र बोर्डमा प्राविधिक तथा टेक्निसियन कार्मचारीहरु भए पनि पर्याप्त नभएको बताए । उनले भने–‘हामीसँग कर्मचारीचाहिँ छन्, कृषकले माग गरेको् प्राविधिक पर्याप्त छैनन्, जसरी भएपनि हामीले प्राविधिक उपलब्ध उपलब्ध गराउनुपर्ने हुन्छ ।’

दोहोरो जिम्मेवारी पाएका आङदेम्बे तेह्रथुममा हुने कार्यालय प्रमुख तथा कार्यालयका निमित्त प्रमुख बसन्तराज भण्डारी बढी समय फिल्डमै रहने हुँदा कार्यालय प्राय ःबन्द हुने गरेको छ । खुलिहाले पनि कार्यालय कर्मचारीविहीन अवस्थामा हुन्छ ।

कर्मचारी नहुनु, तथा सेवा क्षेत्र धेरै भएका कारण सेवा लिन सेवाग्राही कार्यालय आइपुगिहाले पनि उनीहरु रित्तै फर्किनुपर्ने बाध्यता रहेको जिल्ला कफी व्यवसायी संघ धनकुटाका अध्यक्ष युवराज दर्नाल बताउँछन् ।

उनले भने–‘एक जना निमित्त कार्यालय प्रमुखको भरमा कार्यालय चलेको छ, हिलेलाई मात्र हेर्नुहुन्न उहाँले खोटाङलाई हेर्नुहुन्छ, संखुवासभा, भोजपुर लगायतका समस्या आए पनि हिलेले हेर्दिनुपर्ने, मोरङको समस्या पनि हिलेले हेरिदिनुपर्ने, सबै ठाउँ हेर्नुपर्ने हुन्छ तर हिलेमा नै कर्मचारी अभाव छन् कार्यालय प्रमुख बसन्तराजले सबै ठाउँ आफैले हेर्नुपर्ने अवस्था छ,

धनकुटामा अहिले कफी विस्तारको चाम बढिरहेको छ, कफी विकास बोर्डले नै विगत तीन चार बर्षदेखि हाम्रो उत्पादनलाई हेरेर काम गर्नुपर्ने हुन्छ, त्यही पनि उत्पादनको हिसाबले हिले अगाडि देखिएको छ, यहाँ एकजनामात्र हैन दुई दुई जना प्राविधिक चाहिने अवस्था छ, एकजना प्राविधिक पनि छैन । यसले गर्दा किसानहरुलाई समस्या छ ।’
कार्यलयमा पर्याप्त कर्मचारी नभएपनि यो कार्यालयले कार्यालयलाई पाँच जिल्लाको हेर्ने जिम्मेवारी दिइएको छ ।

हिलेस्थित कार्यालयले चिया तथा कफी विस्तार कार्यमा धनकुटासहित भोजपुर, संखुवासभालगायतका पाँच जिल्ला हेर्नुपर्ने अवस्था रहेको छ । जुन उद्देश्यले कार्यालय सञ्चालनमा ल्याएको हो त्यो अनुसार काम गर्न नसकेको त्यहाका कफी तथा चिया उत्पादक कृषकहरुले समेत बताउने गरेका छन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved