कारागारलाई सुधारगृह बनाऊ

  • फाल्गुन १७, २०७९
  • कोशीपत्र सम्पादक
alt

इलाम कारागारमा व्याप्त बेथिति कोशीपत्र दैनिकमार्फत् सार्वजनिक भएको छ । नेपालकै पहिलो नमूना कारागारको रूपमा इलाम कारागारको भौतिक संरचना निर्माण गरिएको हो । आधुनिक विश्वमा कारागारलाई सुधारगृहका रूपमा हेर्ने गरिन्छ । यसै मान्याअनुरूप इलाम कारागारलाई पनि सुधारगृहकै रूपमा हेर्ने गरिन्थ्यो तर इलाम कारागारमा भित्रभित्रै मौलाइरहेका विकृत र विसङ्गत क्रियाकलापले कारागारको वास्तविक रूप उजागर गरेका छन् ।  

हाम्रो देशमा देशभरिका कारागारहरूको अवस्था राम्रो नभएका सूचना र समाचारहरू विभिन्न माध्यमबाट बाहिर आइरहन्छन् । क्षमताभन्दा बढी कैदी राखिने अवस्थाका साथै खानेपानी, शौचालय, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता पनि कारागारमा उपलब्ध नहुने गरेका विषयहरू प्रकाशमा आइरहेका हुन्छन् । यस्तो अवस्थामा इलाम कारागारलाई भने सुधारगृहकै रूपमा हेर्ने गरिएको थियो यहाँ कानुनविपरीतका कार्यहरू हुने गरेको समाचार प्रकाशमा आएपछि कारागारको असली स्वरूप देखिएको छ । कर्मचारी र सुरक्षाकर्मीहरूकै सहयोगमा कारागारभित्र गैरकानुनी गतिविधि सञ्चालित हुनु गम्भीर विषय हो । 

समाजमा शान्ति सुरक्षा स्थापना गर्नु र कानुनी राज्यको मान्यतालाई सहयोग गर्नु प्रहरी प्रशासनको दायित्व हो । नागरिकहरूको जीउधनको सुरक्षा गर्न राज्यले प्रहरी सङ्गठन बनाएको हो तर कारागारभित्र गैरकानुनी क्रियाकलाप सञ्चालन हुँदासमेत मूकदर्शक बन्नु आपत्तिजनक विषय हो । इलाम कारागारभित्र कैदीहरूले मदिरा र मोबाइलको प्रयोग गर्नुका साथै जुवातास पनि खेल्ने गरेको समाचारमा उल्लेख छ । कारागार प्रशासनको सहयोगविना कारागारभित्र मदिरा र मोबाइलको प्रयोग तथा जुवातास खेल्ने कार्य सम्भव हुन सक्दैन । त्यसकारण यसमा कारागार प्रशासनको संलग्नता स्पष्ट हुन्छ ।

यस विषयमा छानबिन गरेर दोषीमाथि कारवाही हुनु आवश्यक छ । कारागारलाई सुधारगृहका रूपमा विकसित गर्नुपर्छ । दोष प्रमाणित भएर कसैले केही समय कारागारमा बस्नुपरे पनि कुनै दिन उसले कारागारबाट बाहिर आउनुपर्छ । त्यस बेला समाजमा पुनःस्थापित हुन सजिलो होस् भनेर कारागारमा बसुञ्जेलमा उसका व्यवहार, आचरण र मानसिकतामा सकारात्मक परिवर्तन आउने वातावरण कारागारमा सिर्जना गरिनुपर्छ तर यसको विपरीत कारागारभित्रै मदिरा र जुवातास उपलब्ध हुने वातावरणको सिर्जना प्रष्ट मानसिकताको द्योतक हो । यसको अन्त्य हुनुपर्छ । देशको हरेक कारागारलाई सुधारगृहको रूपमा विकास गर्न सरकारको ध्यान जानुपर्छ । 

 

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved