सत्यनारायण र पोखरिया विजयी

  • फागुन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ । 

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गरेको थियो । जस्मा साइमन कामतले ४३ रन बनाउँदा दिपक यादवले ३५ रन र सोनू सिंहले ३० रन बनाएका थिए । विनायकका रेहान अलीले ३ विकेट लिँदा प्रवेश पासवान र शिभम पासवाले समान २–२ विकेट लिए ।

२ सय १७ रनको विशाल लक्ष्य पाएको विनायकले १४ दशमलव १ बलमै सवै विकेट गुमाउँदै ५४ रनमा सिमित भयो । जस्मा प्रल्लाद यादवले १२ रन जोड्दा कृष साहले पनि १२ रन जोडे । सत्यनारायणका म्यान अफ द म्याच राजा मण्डलले ३ दशमलव १ बलमा किफायती बलिङ गर्दै ७ रन दिएर ५ विकेट दिए । त्यस्तै अमर यादवले २ विकेट लिए ।

सोमबारै भएको समुह वि कोे खेलमा पोखरियाले राइजिङ नेपाल स्कुललाई ९० रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरीयाले दुई खेलमा २ मा जित र १ मा पराजित भएको छ भने राइजिङले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ ।

टस जितेर ब्याटिङ गरेको पोखरीयाले निर्धारित २५ ओभरमा ८ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जस्मा कृष्ण देवले ३३ बलमा आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ७ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अविशेक यादवले २३ रन बनाए । राइजिङका महमद साहिल, राहुल राँय र महमद जावेदले २–२ विकेट दिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको राइजिङले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५४ रनमा सिमित भयो । जस्मा महमद शम्शेरले २६ रन जोड्दा बायन अलीले १४ रन जोडे । पोखरियाका म्यान अफ द म्याच विशाल यादवले ४ ओभरमा १७ रन दिएर ६ विकेट लिँदा प्रेम मण्डलले २ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कुल सहभागी रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved