एकीकृत पाठ्यक्रमका लागि सुनसरीको बराहक्षेत्र र रामधुनीमा अभियान

  • फाल्गुन १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सरकारले लागू गरेको एकीकृत पाठ्यक्रमबारे कार्यान्वयन गर्न सवै शिक्षकसामु धारण बसाउन सकेको छैन् । सरकारले शैक्षिक वर्ष २०७६ मा कक्षा एक र शैक्षिक वर्ष २०७७ मा कक्षा दुई र तीनमा परीक्षण गरी शैक्षिक वर्ष २०७७ देखि कक्षा एकमा र शैक्षिक वर्ष २०७८ मा कक्षा दुई र तीनमा एकीकृत पाठ्यक्रम लागू गरेको थियो ।

आधारभूत तहको कक्षा १–३ मा कुनै एउटा विषयलाई भाषा, गणित, सामाजिक अध्ययन, सिर्जनात्मक कला र स्थानीय आवश्यकतामा आधारित भएर ज्ञान दिनका लागि एकीकृत पाठ्यक्रम लागू गरिएको हो । तर, पूर्ण रुपमा कार्यान्वयनमा नआएपछि सुनसरीको बराहक्षेत्र र रामधुनी नगरपालिका क्षेत्रका सामूदायिक विद्यालयमा एकीकृत पाठ्यक्रमलाई पूर्ण रुपमा कार्यान्यन गर्न अभियान चलिरहेको छ।

111Curriculum

यसका लागि ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले दुई नगरपालिका विद्यालयमा अभियान चलाएको हो । प्यान नेपालको सहयोगमा आरएसडिसीले तेस्रो पटक शिक्षकहरुलाई शिक्षण गर्ने उपयुक्त विधिका लागि तीन दिने तालिम इटहरीमा मंगलबार इटहरीमा सकेको छ ।

तालिमका प्रशिक्षक डाक्टर हरि रिजालका अनुसार विषय अनुसार फरक फरक नभई एउटै पाठ्यक्रमका आधारमा विभिन्न विषयका विषयवस्तु समावेश गरी एकीकृत रूपमै शिक्षण गरेमा सामूदायिक विद्यालयका शैक्षिक स्तर उक्सिनेछ । एकीकृत पाठ्यक्रम लागू गर्न शिक्षकहरुलाई लक्षित तालिमसँगै अन्य क्षमता अभिवृद्दि कार्यक्रमले कार्यक्रम लागू भएको क्षेत्रका विद्यालयका शैक्षिक गुणस्तरमा बृद्दि भएको आरएसडिसी कार्यक्रम संयोजक शिखा किरण भट्राईले बताइन् ।

तालिमका सहायक सहजकर्ता प्रमोद तिम्सिनाले विद्यार्थीलाई गृहकार्य नभएर प्रोजेक्ट वर्क गर्न अभ्यस्त गरेसँगै स्वभाविक रुपमा शैक्षिक गुणस्तरमा सुधार आउने बताए । एकीकृत पाठ्यक्रम अनुसार शिक्षण गर्न तलिन रहेका प्रकाशपुर माध्यमिक विद्यालय बराहक्षेत्रका शिक्षक नवीन खनालले सवै शिक्षकमा धारण निर्माण गरेपछि अवश्य परिवर्तन आउने बताए ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved