नवनियुक्त कर्मचारीलाई पाँचदिने तालिम

  • फागुन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर महानगरपालिकामा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । तालिमको एक समारोहका बीच बुधबार महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।

तालिममा करसम्बन्धी अवधारणा, महानगरपालिकको आर्थिक ऐन २०७९, स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार, स्थानीय तहको योजना प्रक्रियामा सम्बोधन गर्नुपर्ने बहुक्षेत्रगत विषयहरु र वडा समितिको भूमिका,वडाध्यक्ष, वडा समितिका सदस्यहरु र वडा सचिवको काम, कर्तव्य र अधिकार, वडा समितिबाट प्रदान गरिने सिफारिसहरु र सर्जमिन मुचुल्का, सम्पत्ति कर निर्धारण प्रक्रिया, सम्पत्ति कर निर्धारण प्रक्रियालगायतका विषयमा जानकारी दिइनेछ ।

पाँचदिनसम्म सञ्चालन हुने तालिममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सामाजिक महाशाखा प्रमुख राजेन्द्र प्रधान,इन्जिनियर भरतकुमार न्यौपाने, अर्जुन थापा, दिवस लामिछाने, अशोक साहलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

तालिम आइतबारसम्म सञ्चालन हुनेछ । सिफारिस भएर आएका कर्मचारीलाई प्रशिक्षण दिएपछि महानगर र वडाहरुमा खटाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी गराए । तालिममा २२ जना पाँचौं तहका कर्मचारी सहभागी छन् ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved