राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा आइडियल बोर्डिङका सुवेदी तेस्रो

  • फागुन १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् ।

नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला  प्रतियोगितामा उनी दोस्रो भएका थिए ।

2 1

देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पुगेका थिए । देशको हरेक शिक्षालयबाट ३/३ जना विद्यार्थी अन्तिम प्रतिष्पर्धाका लागि छानिएका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माले विजेताहरूलाई प्रमाणपत्रसहिहत नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका कारण देशका विभिन्न भागबाट आएका विद्यार्थीहरूसँग चिनजान गर्न पाउँदा धेरै खुशी लागेको सुवेदीले सुनाए । ‘फरक फरक स्थान, विभिन्न भाषा, धर्म–संस्कार भएका साथीहरूसँगको भेटघाट र कुराकानीले नयाँ अनुभूति भएको छ ।’

उनले भने । त्यसमा पनि प्रधानसेनापतिबाट पुरस्कार प्राप्त गर्नु आफ्ना लागि जीवनकै ठूलो हौसला र उपलब्धि भएको उनको भनाइ छ । राष्ट्रिय स्तरको वक्तृत्वकला  प्रतियोगितामा आफ्नो विद्यालयका विद्यार्थी तेस्रो हुनु आइडियल स्कुलका लागि मात्र नभएर समग्र धरानकै लागि गौरवको विषय भएको स्कुलका निर्देशक सागर खड्काले बताए ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved