सत्यनारायण र सरस्वती स्कूल फाइनलमा प्रवेश

  • फागुन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार सम्पन्न भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा विजयी हुँदै सत्यनारायण स्कूल र सरस्वती स्कूल फाइनलमा प्रवेश गरेका छन् ।

फाइनल खेल विहिबार हुने छ । पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे । राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए ।

१ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सवै विकेट गुमाउँदै ४५ रनमा सिमित भयो । जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका कृष्ण यादव र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए ।

बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वती स्कूलले बुढानिलकण्ठ स्कलले ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाई १ सय ९५ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए । बुढानिलकण्ठका कादिर शेखले ३ वकेट लिँदा विकाश मण्डले २ विकेट लिए ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सवै विकेट गुमाई १ सय १५ रनमा समित भयो । जस्मा बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए । सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved