रामधुनी र शान्तिनगर फाइनलमा

  • फागुन १९, २०७९
  • " चन्दन रौनियार"
alt

दुहबी / सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रामधुनी युवा क्लब र शान्तिनगर फुटबल क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रामधुनीले पञ्चायन क्लबलाई ४–२ ले हराउँदै फाइनलमा पुगेपछि उपाधिका लागि दुई टिमको भेट पक्का भएको हो ।

सरस्वती माविको खेलमैदानमा भएको खेलमा रामधुनीका लागि निवास फुयाल, महेश राउत, प्रेम सागर र संयम बस्नेतले गोल गरे । उता पराजित पञ्चायनका लागि सन्दिप लिम्बु र मिलन भुजेलले मात्र गोल फर्काउन सके । खेलमा रामधुनीका मणि मगर म्यान अफ द म्याच घोषित भए ।

उनलाई प्रेश चौतारी नेपाल कोशी प्रदेश कमिटी सदस्य तथा कोशीपत्र दैनिकका पत्रकार चन्दन रौनियारले पुरस्कार वापत नगद १ हजार र मेडल प्रदान गरे ।फागुन १९ गते हुने फाइनलमा रामधुनी र शान्तिनगर फुटबल क्लब भिड्ने छन् ।

फाइनल जित्ने टोली सुनसरी जिल्लास्तरीय बी डिभिजन लिगमा बढुवा हुनेछ ।
सुनसरी जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved