क्यारुनले उचाल्यो बुढासुब्बा गोल्डकपको ट्रफी

  • फागुन २१, २०७९
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर / २३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको छ ।

उपाधीसँगै एभिनियरले नगद १० लाख पुरस्कार जितेको छ । आज धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन भएको हो । उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ ।

पहिलो पटक बुढासुब्बा गोल्डक खेलेको एभिनियरले उपाधी जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषितहुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।

त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए । उनीहरुलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफि प्रदान गरिएको थियो ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए, उनलाई पनि नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।एभिनियरकालागी विजयी गोल साब्बाले गरे । उनले खेलको कप्तान गिन्नीको पासमा उत्कृष्ट गोल गरेका थिए । अघिल्ला खेलमा खेलेका केएफटिसीका अधिकांश खेलाडी ए डिभिजन लिग खेल्न काठमाडौ गएकोले टिम कमजोर बनेको थियो ।

केएफटिसीले आफ्ना महत्वपूर्ण खेलाडीको अभाव टार्न ५ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो तर त्यसले पनि उसलाई उपाधी दिलाउन भने सकेन ।प्रशिक्षक मुन्ना सुब्बाले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुनुपरेको बताए । एभिनियरका प्रशिक्षक आशिक राना मगरले पाएको मौकालाई गोलमा परिणत गर्न सक्दा जित हात परेको बताए ।

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved