मोडलको नगरस्तरीय हाजिरीजवाफ सम्पन्न

  • फागुन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान मोडल कलेजले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । धरान १ मा रहेको कलेजले धरान नगरभरिका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेट्ने गरी आयोजना गरिएको नगरस्तरीय प्रतियोगितामा १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

आइतबार भएको प्रतियोगितामा दुई चरण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । प्रारम्भिक चरणमा १२ वटा विद्यालयलाई सहभागी गराइएको थियो । जसबाट दोस्रो चरणका लागि ६ वटा समूह छनौट गरिएको थियो । छनौटमा पर्नेहरुमा पब्लिक हाइ स्कुल, ज्ञानोदय मा.वि., चन्द्र संस्कृत मा.वि., अल्पाइन मा.वि., समिट मा.वि. र भालढुंगा मा.वि. रहेका थिए ।

334843501_893395105070601_5902778685852216822_n 330197861_181544544624497_9160403321227706195_n
प्रतियोगितामा एम्स विद्यालयको समूह प्रथम भएको थियो । जसमा रजनिश न्यौपाने, यशोदा श्रेष्ठ, मन्दीप श्रेष्ठ रहेका थिए । कंचन खतिवडा, विवेक गौतम, अविनव निरौला रहेको पब्लिकको समूह दोस्रो भएको थियो ।

सुदिप घिमिरे, कृष्ण वस्ती, अनु सिंह रहेको चन्द्र संस्कृत मा.वि.को समूह तेस्रो भएको थियो भने निरज राई, मार्मेन्डो तामाङ, निराजन राई रहेको भालढुंगा मा.वि.को समूहले सान्त्वना प्राप्त गरेको थियो ।

334797403_3192563674222942_4711884637435736573_n

प्रतियोगिताको प्रथम हुनेले रु १० हजार, दोस्रोले रु ६ हजार र तेस्रो हुनेले रु ४ हजार नगद साथै प्रमाणपत्रले सम्मानित गरिएको कार्यक्रम संयोजक डा. जीवनकुमार राईले जानकारी दिए । विद्यार्थीहरुको बौद्धिक र शैक्षिक विकास गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको धरान मोडल कलेजका प्राचार्य प्रवीण राईले बताए । कार्यक्रमको सञ्चालन गौरव संज्यालले गरेका थिए ।

334423919_3587455318208124_2740116408713801793_n 330581556_902837201039599_8569941952204622898_n

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved