न्यूरो हस्पिटलको स्वास्थ्य अभियान

  • फागुन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट स्वास्थ्य अभियान कार्यक्रम सुरु गरेको हो ।

न्युरो अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले आफु हुर्केको ठाउँको सम्मान स्वरुप यो अभियानको प्रराम्भ भएको जानकारी गराइन् । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गर्दे आएको सम्पूर्ण स्वास्थ्य सेवामा सरल तथा सहजपहुँच पु¥याउने उद्देश्यको साथ अभियान सुरु भएको अस्पतालकी कार्यकारी निर्देशक डा. विष्टले बताइन् । यो अभियान पूर्वी नेपालको ग्रमिण क्षेत्रसम्म पुग्ने बताइएको छ ।

स्वास्थ्य अभियान कार्यक्रमको शुभराम्भ बाहुनीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी गरियो । स्वास्थ्य अभियान कार्यक्रमको अस्पतालका कार्यकारी निर्देशक डा. विष्ट र बेलबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिता चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरे ।

कार्यक्रममा बेलबारी नगरपालीकाका नगर प्रमुख दिल प्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचारमा सेवा कोसेढुगां साबित हुने बताए । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिट डा. बिरेन्द्र कुमार बिष्टले स्वस्थ बाहुनी अभियानबाट बाहुनीका बासिन्दाहरुसँग प्रत्यक्ष जोडिएर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने बताए ।

स्वास्थ बाहुनी अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्क ओपिडी सेवा तथा सम्पूर्णा जाँच तथा उपचारमा छुटको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा न्युरो अस्पतालले सहयोग गर्ने, बाहुनीमा न्युरो अस्पताले समय समयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने लगायतका सेवाहरु समावेश गरिएको छ ।

अभियानको थालनीमा निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरिएको थियो । अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा आएका बिरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा ४ सय २३ जनाको मधुमेहको जाँच, १ सय जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रसाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको कीराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशतभन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved