सङ्ग्रहालय हेर्न कोही आएनन्

  • फाल्गुन २४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / ४० बर्ष अगाडि निर्माण भएको धनकुटाको क्षेत्रीय संग्राहालयले सोचेजस्तो पर्यटक तान्न सकेको छैन ।

२०३९ सालमा स्थापना भएको यो संग्राहायलयमा त्यसबेला पूर्वाञ्चलमा भएका १६ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला सँस्कृति झल्किने खालका कला संस्कृतिहरु संंग्रहालय राखिएको थियो तर पनि पर्यटकहरु अवलोकन गर्न त्यति नआउने गरेको संग्रहालयको तथ्यांकले देखाएको छ ।

कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीका अनुसार संग्राहायल निर्माण भए पनि यसको महत्व नबुझेकै कारण पर्यटक आगमनका कमी आएको हो । प्रमुख अधिकारी भन्छन्–‘संग्रहालय निर्माण त गरियो तर यसको खासै प्रचारप्रसार भएन, यहाँ के के सामाग्री राखिएका छन् भन्ने कुरा समेत कसैलाई थाहा भएन, यसले गर्दा पनि संग्राहालयमा पर्यटकको आकर्षक नबढेको हो ।’

उनका अनुसार प्रदेश सरकारको ४० लाख लागतमा जातीय भेषभुष, गरगहना तथा बाद्यवादन थप गरे पनि पर्यटक भने सोचेजति आउन सकेका छैनन् । संग्राहालयको तथ्यांकलाई हेर्दा पनि पर्यटक नआएको स्पष्ट हुन्छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार छ सय २७ जनाले सङ्ग्रहालयमा आएको देखिन्छ । दुई बर्ष कोरोना महामारीका कारण संग्रहालयमात्र हैन सबै क्षेत्र प्रभावित बन्यो । जसका कारण त्यो समयमा अत्यन्तै न्यून अवलोकनकर्ताहरु आएका थिए ।

प्रमुख अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा र्२ सय ३४ र २०७६/७७ मा ४ सय ७८ जनाले सङ्ग्राहलय अवलोकन गर्न आएका थिए कोरोना सहज हुँदै जाँदा अवलोकनकर्ताहरुको सख्यामा समेत वृद्धि हुँदै गएको संग्रहालयको तथ्यांकले देखाएको छ । अधिकारीका अनुसार आर्थिक बर्ष ०७६/०७७ भन्दा अवलोकनकर्ताहरु ०७८/ ७९ मा अवलोककर्ताहरु बढेको देखिएको छ ।

यस बर्ष १ हजार ६१ जना अवलोकनकर्ताहरु सङ्ग्रहालय आएको तथ्यांकले देखाएको छ । चालु आव २०७९/८० को माघसम्ममामात्र ३ सय ८२ जनाले मात्र सङ्ग्रहालयको अवलोकन गरेका छन् । यो तथ्यांक अझै बढ्न सक्ने कार्यालयका प्रमुख अधिकारी बताउँछन् ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved