११३ औँ नारी दिवस व्यवसाय गरेर आत्मनिर्भर बनेका महिलाहरु

  • फागुन २४, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / महिलाहरु पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् । महिलाकै अगुवाईमा सञ्चालन भएका यस्ता व्यवसायले आफूमात्र हैन धेरैलाई रोजगारी समेत दिन सकेका छन् ।

पुरुषमात्र हैन महिला समेत विदेशी भूमिका काम गर्न जाने लहर चलिरहेको समयमा केही महिलाहरुले स्वदेशमै स्वरोजगार बन्दै अरुलाई समेत स्वरोजगार बनाउने काम गरेका छन् ।

यसको प्रत्यक्ष उदाहरण बनेकी छन् धरानकी गीता शेर्पा राई । उनले धरान २ मा कस्मेटिक पसल सञ्चालन गरेर जीविकोपार्जनमात्र हैन अरुलाई समे रोजगारी दिइरहेकी छन् । राईले २०६३ सालमा ६० हजार लगानी गरेर व्यवसाय गरेकी थिइन् ।

नेपालमा नै व्यवसाय गरेर एक उदाहरणीय महिला व्यवसाय बनेकी गिता शेर्पा राईले विगत लामो समय देखि कस्मेटिक पसल सञ्जालन गर्दै आएकी छन् । नेपालमा केही गर्नै सकिदैन भनेर विदेश जाने महिलाहरुका लागि उनी एक उदाहरणीय पात्र बन्न सफल बनेकी छन् ।

सानो लगानीबाट सुरु गरेको उनको व्यवसाय अहिले विस्तार हुँदै गएको छ । अहिले उनले धरान २ भानु चोकमा दावा गुन्जन कलेक्सन कस्मेटिक पसल सञ्चालन गरेकी छन् ।

उनी भन्छिन्–‘६० हजारबाट सुरु गरेको व्यवसाय अहिले मैले १३ लाख लगानी गर्न सक्ने भएकी छु, अहिले परिवार नै यो व्यवसायमा लागेका छौं, श्रीमान्ले समेत भरपुर सहयोग गर्नुभएको छ ।’

अहिले उनको व्यवसायबाट परिवारमात्र हैन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैलाई रोजगार दिएकी छन्। उनले भनिन् –‘सुरुमा मैले कस्मेटिक पसलबाट व्यवसाय शुरु गरेकी थिएँ, अहिले कस्मेटिकसँगै गरगहना बनाउने काम समेत सुरु गरेकी छु, यहाँ विभिन्न जातजातिका गरगहना, पहिरन लगायत नेपाली ढाका टोपी समेतको व्यापार सुरु गरेकी हुँ ।’

उनका अनुसार धरान २ मा रहेको गोर्खा कम्पेक्समा रहेको दावा गुन्ञ्जन कलेक्सनले अहिले कपडा सिलाई गर्ने ९ जना, गरगहना बनाउने ८ जना र कस्मेटिकमा ७ जना गरी २४ जनालाई रोजगारी समेत दिएकी छन । प्रविधिको विकाससँगै उनले अहिले अनलाई व्यापारलाई समेत प्राथमिकता दिएकी छन् । उनले नेपालमा मात्र हैन अनलाइनमार्फत र हङकङ, युके, क्यानेडा लगायत देशहरुमा व्यापार हुने गरेको छ ।

उनी भन्छिन्–‘व्यापार विस्तारसँगै प्रविधिको भरपुर प्रयोग गर्दै होम डेलिभरको समेत सुविधा दिएका छौं, नेपालमा मात्र हैन विदेशसम्म यहाँको सामान जाने गरेको छ ।’
कोरोना संक्रमणका समयमा भने दुई बर्ष व्यापार डावाडोल भएको उनी सुनाउँछिन् । कोरोना जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनले व्यवसाय टिकाउनै गार्‍हाे भएको स्मरण गर्र्दै उनी भन्छिन्–‘फेरि त्यस्तो दिन नआओस्, भगवासँग प्रार्थना गर्छु ।’ 

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved