खोटाङकै पुरानो बजार ऐसेलुखर्क बल्ल बजारक्षेत्र ढलान हुने भयो

  • फागुन २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 

खोटाङ / खोटाङस्थित जिल्लाकै पुरानो ऐसुली खर्कको बजार ढलान हुने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८०मा ५० लाख बजेट विनियोजन गरेर ऐशुलीखर्क बजारलाई ढलान गर्ने भएको हो ।

बजार ढलान नहुँदा बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेकाले स्थानीयबासीले धेरै सास्ती भोग्नु परेको थियो । तर बजार ढलान हुने भएपछि आवतजावतमा सहज हुने स्थानीयबासी बताउँछन् ।

स्थानीय व्यापारी नारायण श्रेष्ठले बजारै ढलान हुदा ऐसलुखर्कबासीलाई धेरै सुविधा हुने बताए । उनले बजार क्षेत्र ढलान नहुँदा हिलोले गर्दा ग्राहक पसल सम्म आउन कठिन हुने र हिउँदमा धुलाम्मे हुँदा सामान धुलोले पुरिने गर्दासमस्या भएको बताए । उनले राणाकालीन समयमा समेत प्रख्यात बजार अहिलेसम्म ढलान हुन नसक्नु सरकारी उपेक्षामा यो बजार उपेक्षामा परेको उनको भनाई छ । उनले भने–‘देशकै पुरानो र ऐतिहासिक बजार हो, तर विकासको हिसाबले अत्यन्तै पछाडि परेको छ ।’

बजार क्षेत्र ढलान भइदिएमात्र धरै राम्रा हुने उनीहरुको भनाई छ । स्थानीय सरोज राज भण्डारीले लामो समयसम्म ढलान हुन नसकेको बजार एरिया ढलान हुने भएपछि अत्यन्तै खुशी लागेको बताए ।

यो बजार दुई लानको रहेको छ । सडक ढलानसँगै दुई पटि पाइप विछ्याउने योजना अगाडि सारिएको छ । सधै पाइप फुटेर हैरान भएका उनीहरुले सास्ती भाग्नु नपर्ने बताउछन् ।

‘यो् ढलान बन्यो भने अत्यन्तै सहज हुन्छ, पालिकाले पहल गर्‍यो भने ऐसुलखर्क बजार ढलान हुन्छ र हिलो र धुलोबाट मुक्त पाइन्छ’ रमेश राज भण्डारी भन्छन्–‘ यसले गर्दा धुलो र हिलोबाट मुक्तमात्र हैन यहाँको व्यवसाय पनि फस्टाउँछ ।’

बजार ढलान शुरु गर्नका लागि गाउँपालिकाले यो बर्ष ५० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग पहल भइरहेको गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् ।

उनी भन्छन्–‘यो बजार धेरै पुरानो बजार हो, यो बजार जिल्लाको केन्द्रविन्दुमा भएकोले यसलाई व्यवस्थित गर्न ढलसहितको निर्माणका लागि गाउँपालिकाबाट ५० लाख बजेट छुट्याएका छौ, अपुग रकमका लागि हामीले प्रदेश र केन्द्रसँग बजेट माग गरेर यसलाई पूर्णता दिने हाम्रो सोच छ ।’

एसुलु खर्क बजार ढलानको काम सम्पन्न गर्नका लागि करिब १५ करोड ५८ लाख २४ हजार लागतमा पूरा हुने विस्तृत परियोजना डिपिआरमा उल्लेख छ । २ किलोमिटर ३४६ मिटर लम्बाई र ३.५ मिटर चौडाई ढलान हुने भएको छ ।

ऐसुलखर्क बजारमा हप्ताको एक दिन शनिवार बजार लाग्ने गर्छ । सातवटा वडा रहेको यो गाउँपालिकाका सर्वसाधारणलाई बजारमा ढलान नहुँदा धेरै समस्या हुने गरेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved