नौमति बाजाको संरक्षणमा जुटे महिलाहरु

  • फागुन २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् ।

आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् ।

यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पु¥याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ ।

नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड बाजा वैवाहिक समारोहमा अधिक प्रयोग हुन थालेपछि विस्थापित बन्दै गएको थियो ।

पश्चिममा जाँदा महिलाहरुले पञ्चे बाजाको संरक्षण गरेको देखेपछि आफूहरुले पनि संरक्षण गर्दै यससम्बन्धी तालिम लिएको प्रगतिशील नौमती बाजा महिला समूहकी अध्यक्ष लिला ढकाल बताउछिन् ।

एक बर्ष अगाडि नौमति बाजा संरक्षणमा समूह नै गठन गरेर जुटेका महिलाहरु अहिले धरान उपमहानगरपालिकामा हुने हरेक सार्वजनिक समारोहमा समूहका महिलाहरुले नौमति बाजा बजाउने गर्छन ।

सार्वजनिक कार्यक्रममा बोलाउने क्रम बढ्दा भ्याइ नभ्याई भएको बताउने अध्यक्ष ढकालले नारी दिवसको अवसरमा धरान १४ र १५ मा नौमति बाजा प्रयोग गरिएको बताइन् । उनले यो समूह सिक्ने चरणमा रहेकोले जानेका बुझेकाहरुबाट सिक्ने क्रम पनि जारी रहेको बताइन् ।

उनले भनिन्–‘दलित समुदायले मात्र बजाउनुपर्छ भन्ने सामाजिक सोच भएका बेला गैर दलित जाति त्यो पनि महिलाले संरक्षण गर्दै सामुहिक रुपमा नौमति बाजा संरक्षणमा लाग्दा चुनौति भएको बताउने अध्यक्ष ढकाल समाज रुपान्तरणसँगै अहिले भने सहज बन्दै गएको बताउँछिन् ।

महिलाहरुले नौमति बाजा संरक्षणमा जेटेको प्रति सबैले उनीहरुको प्रशंसा गरेका छन् । चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले आफू पनि सहभागी भएर नौमतिबाजाको मनोरञ्जन लिन पाउँदा आन्द महसुस भएकोे बताए ।

नौमति बाजा संरक्षणले नेपालको संस्कार, संस्कृतिको प्रवद्र्धन हुने बताउदै प्रगतिशील नौमति बाजा महिला समूहको प्रयास सह्रानीय रहेको बताए । उनले भने  ‘मलाई धरान आएको शार्थकता भएको महसुस भयो, महिलाहरुले सामुहिक रुपमा नौमति बाजा बजाएर संरक्षणमा लागेको देख्दा म ज्यादै प्रभावित भएँ ।’

महिलाहरुले चुला चौकाबाट बाहिर निस्केर नौमतिबाजा सरक्षणमा जुटेको प्रति धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रशंसा गरे । उनले महिलाहरुले गरेको कार्यले नेपालको लोक संस्कृतिको जागेर्नामा ठूलो बल पुग्ने बताए ।

उनले भने–‘धरान १५ का महिलाहरुको यो साहसलाई सबैले प्रशंसा नगरीकन सकिँदैन, लोप हुन लागेको नौमति बाजाको संरक्षणमा लागेका उनीहरुलाई स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved