दुर्गम ठाउँको सुगम सत्कार

  • फाल्गुन २८, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ ।

गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ ।

IMG_5493 IMG_5491

पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ । हिउँदको समयमा अलि सहज भए पनि बर्षाको समयमा सदरमुकामसँग सम्बन्ध टुट्ने गर्दछ ।

सानो बजार, जुन ठाउँमा व्यावसायिक रुपमा सञ्चालन गर्ने एउटा होटेल पनि छैनन् । जहाँ खाजा खाने केही होटेल भए पनि बजारमा जस्तो होटेल पाइँदैन । सानो ठाउँ भएकाले ठुला कार्यक्रम आयोजना गर्दा व्यवस्थापनको निकै चुनौती देखिन्छ ।

अहिले सम्म यहाँ एक हजार मानिस भेला हुने गरीका कुनै कार्यक्रम पनि हुन सकेका थिएनन् । तर यस वर्ष भने फाकफोकथुम गाउँपालिकाले जिल्ला लेनै नचिताएका कार्यक्रम आयोजना ग¥यो । जुन निकै चुनौती थियो व्यवस्थापनको ।

तर चुनौतीलाई आन्तरिक श्रोत अनुसार व्यवस्थापन गर्न सकिँदो रहेछ भन्ने उदाहरण फाकफोकथुमले देखायो । राष्ट्रकै पहिचान बोकेको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको आयोजना यस पटक गाउँमा भयो त्यो पनि फाकफोकथुममा ।

एक महिनाअघि पालिका प्रमुखहरूबिच बैठक हुँदा तेहौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जिल्ला सदरमुकामबाहिर आयोजना गर्ने सहमति भयो । तर, मुख्य चुनौती थियो– अहिलेसम्म सदरमुकाममै हुने गरेको प्रतियोगिता कुन पालिकामा आयोजना गर्न सम्भव हुन्छ भन्ने ।

फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले सुरुमै म गर्छु भन्दा कसैले सोचेका थिएनन् फाकफोकथुमले यसरी गर्छ भन्ने । दुर्गम पालिकाका नामले परिचित रहेको फाकफोकथुममा गर्ने भन्दा अरूले हुँदैन पनि भन्न सकेनन ।

जिल्लाका सयौँ खेलाडी र आगन्तुक सहभागी हुने प्रतियोगिता सञ्चालन गर्न गाउँमा खेलमैदान व्यवस्थापन गर्नु त छँदै छ, खेलाडी, सहभागी, अतिथि लगायतलाई होटेल, यातायात समेतको मेलो मिलाउनुपर्ने चुनौती छ ।

तर, फाकफोकथुमले गरेको आँटलाई सबैलाई समर्थन गरे । र, प्रतियोगिता फाकफोकथुममै आयोजना गर्ने निर्णय भयो । यो आयोजना यस वर्षकै मात्र नभएर आगामी वर्ष अन्य पालिकामा आयोजना गर्ने या सदरमुकाममै पुर्‍याउने भन्ने परीक्षा पनि रहेको थियो ।

पालिकामा जिल्ला स्तरीय खेल प्रतियोगिता आयोजना गर्नुलाई पालिका बासीले अवसरका रूपमा लिए पछि तयारी सुरु भयो । गाउँमा पर्यटकीय स्थल पनि निकै कम सङ्ख्यामा रहेको र भएका पर्यटकीय स्थलको प्रचार नहुँदा पर्यटक आऊ–जाऊ थोरै छ ।

‘तर, यो प्रतियोगितालाई हामीले आफ्नो गाउँ चिनाउने अवसरका रूपमा लियौँ,’ अध्यक्ष दीपेन्द्र खनाल भन्छन्, ‘पालिकाका सरोकारवालासँग छलफल गर्दा ४ देखि ५ सय सहभागीलाई जसरी पनि बसोबासको व्यवस्था मिलाउन सकिन्छ भन्ने निष्कर्ष आएपछि ढुक्क भयो ।’

अतिथि, खेलाडी र सहभागीलाई खाना र बसोबासका लागि होमस्टेका रूपमा पालिकाको केन्द्र आमचोक क्षेत्रका करिब सय घर तयार गरिए । ती घरका परिवारलाई पाहुनालाई गर्नुपर्ने सत्कारबारे सामान्य सचेत गराइयो ।

प्रतियोगिता क्रममा कुनै खेलाडी घाइते वा बिरामी भइहाले उपचारका लागि अस्पताल लैजान पालिकाकै २ सवारी साधनलाई ‘एम्बुलेन्स’ बनाउने व्यवस्था पनि गरियो । कार्यक्रमको उद्घाटनमा पुगेका अतिथि त्यहाँको व्यवस्थापन देखि चकित बने । जिल्लाका १० वटै पालिकाका ८ सयभन्दा बढी खेलाडीसहित १ हजार १ सय हाराहारी ‘पाहुना’ फाकफोकथुमले आमचोकमै अटायो ।

उनीहरूका लागि ५० भन्दा बढी घरमा खाना र बसोबास व्यवस्था मिलाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए । ‘सुरुमा हामीलाई प्रतियोगितामा ४ देखि ५ सय जना भेला हुने अनुमान थियो,’ उनले भने, ‘तर, अहिले ११ सयभन्दा बढीको संख्यामा खेलाडी र सहभागी आउनुभयो, हामीले उहाँहरूलाई हामीले सहजताका साथ खान–बस्न गाउँका घरमै व्यवस्थापन गर्‍यौँ ।’

प्रतियोगितामा फाकफोकथुम गाउँपालिकाको करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान राखेको छ । तर त्यहाँ भएको खर्च त्यहीको आम्दानी बनेको छ । जसले गर्दा गाउँपालिकाले त्यहाँका मानिसलाई हौसला प्रदान हुने समेत अपेक्षा लिएको छ ।

यहाँ आउने पाहुनालाई स्वागत र सत्कार गर्न स्थानीयले कुनै कसुर बाँकी नराखेको गाउँपालिका ३ का वडाध्यक्ष दीपेन्द्र लिम्बुले बताए । प्रतियोगिता अवलोकन गर्न फाकफोकथुम पुगेका रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास सदरमुकाम बाहिरको पालिकामा झकिझकाउ प्रतियोगिता देखेर हौसिए । उनले आउँदो साल आफ्नो पालिकामा प्रतियोगिता आयोजना गर्ने प्रस्तावसमेत राखेका छन् ।

‘प्रतियोगिताका लागि होमस्टेदेखि, खेलमैदान, स्टेज व्यवस्थापन लगायत सबै पक्ष उत्कृष्ट लाग्यो,’ उनले भने, ‘यो व्यवस्थापन हेर्दा सदरमुकामभन्दा बाहिरका पालिकाले पनि भव्य रूपले प्रतियोगिता आयोजना गर्न सक्ने रहेछन् भन्ने देखिएको छ ।’

उनले स्थानीय होमस्टेमा पाहुनालाई गरिएको स्वागत र सत्कारले पनि आफूहरूलाई केही सिक्ने मौका मिलेको बताए । इलाम सदरमुकामबाट विद्यार्थी लिएर फाकफोकथुम गाउँपालिका पुगेका जुविलेन्ट इलाईटका शिक्षक गौरव बुढाथोकी यहाँ यसरी व्यवस्थापन हुन्छ भनेर नसोचेको बताउँछन् ।

उनी भन्छन्, ‘सधैँ विकट र दुर्गम मात्रै भनेर सुनेको थिए त्यहीँ प्रतियोगिता आयोजना हुँदा विद्यार्थी लिएर जाँदै गर्दा पनि बाकै लागि समस्या हुन्छ भन्ने लागेको थियो तर यहाँको व्यवस्थापन र यहाँका मानिसले गरेको व्यवहार बिर्सनै नसक्ने भएको छ ।’ इलाम सदरमुकामबाटै विद्यार्थी लिएर गएका अमर माविका शिक्षक अर्जुन शर्मा भन्छन्, ‘यहाँ यति व्यवस्थित हुन्छ भन्ने सोचेकै थिइन तर यहाँ आएपछिको व्यवस्थापन देख्दा गर्दा हुँदो रहेछ भन्ने महसुस भएको छ ।’

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved