पिण्डेश्वरमा सहमतीय आधारमा स्ववियुको टुंगो : अनेरास्ववियुका एनिस सभापति

  • फागुन २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक विद्यापीठ पिण्डेश्वर विद्यापीठ, धरान १४ मा सहमतीय आधारमा स्ववियु पदाधिकारीको टुंगो लागेको छ । स्ववियू निर्वाचन समितिले आइतबार निकालेको उमेद्वारको अन्तिम नामावलीका आधारमा पदाधिकारीहरुको टुंगो लागेको बुझिएको छ । जसमा अनेरास्ववियुका एनिस रेग्मी सभापति भएका छन् ।

एनिस रेग्मी

सहमतीका आधारमा अनेरास्ववियुबाट सभापति सहित ५ सदस्य रहेका छन् । सदस्यहरुमा पुरुषोत्तम दाहाल, प्रदीप नेपाल, विपिन गौतम, सुधाकर पोख्रेल र सुवास चापागाईँ रहेका छन् । त्यसै गरी अनेरास्ववियु (क्रान्तिकारी)को भागमा सचिव र एक सदस्य परेको छ । सचिवमा गुणराज निरौला रहेका छन् भने सदस्यमा मनिष भट्टराई रहेका छन् । त्यसै गरी नेविसंघको भागमा कोषाध्यक्ष र २ सदस्य परेको छ । कोषाध्यक्षमा पुष्कर निरौला र सदस्यहरुमा सोमनाथ दाहाल, मनोज सुवेदी रहेका छन् ।

प्रत्यक्ष र समानुपातिक उमेद्वारको अन्तिम नामावली प्रकाशन सँगै सहमतीय आधारमा पदाधिकारी छनौट भएको निर्वाचन समितिले जनाएको छ । प्रत्यक्षमा सभापति, सचिव, कोषाध्यक्ष सहित ४ सदस्य र समानुपातिकमा ४ सदस्यको मनोनयन दर्ता गरिएको पनि निर्वाचन समितिले प्रकाशन गरेको सूचनाका आधारमा बुझिएको छ । यसरी चैत्र ५ गते सम्पन्न गर्ने गरी निकालिएको कार्यतालिका भए पनि २८ गते मनोनयन दर्ताको नतिजा प्रकाशनको प्रक्रियासँगै स्ववियु पदाधिकारीको निर्वाचन प्रक्रिया टुंगिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिमा उपप्राध्यापक कृष्णगोपाल अधिकारी निर्वाचन अधिकृत रहेका थिए भने नि.सहायक प्रशासक भेषबहादुर निरौला सदस्य सचिव रहेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved