विषादीयुक्त खाद्य पदार्थ आयातमा रोक आवश्यक

  • फाल्गुन २८, २०७९
  • काेशीपत्र सम्पादक
alt

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यो निकै महत्वपूर्ण निर्णय हो । अहिले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा मापदण्डभन्दा बढी हुने गरेको कतिपय विशेषज्ञहरूले बताउने गरेका छन् । यसरी मापदण्डभन्दा बढी मात्रामा जीवनाशक विषादी प्रयोग गरिएका तरकारी र फलफूल मानव स्वास्थ्यका लागि प्रतिकूल हुने स्पष्ट छ । त्यसकारण यस्ता खाद्यपदार्थको बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । यसका लागि सर्वप्रथमतः खाद्य वस्तुमा जीवनाशक विषादीको अधिकतम अवशेष निर्धारण हुनुपर्छ र मात्रा परीक्षण गरेर मात्र यस्ता वस्तु बजारमा पठाउने व्यवस्था मिलाइनुपर्छ ।

केपी ओली प्रधानमन्त्री भएकै बेला यसका लागि प्रक्रिया अगाडि बढाइएको थियो तर भारतीय दूतावासको दवाबमा तत्कालीन सरकार यसबाट पछि हटेको विषय त्यस बेलै सार्वजनिक भएको थियो । जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत भदौ १५ गते मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि भदौ २१ गते पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि नयाँ सरकार गठन भयो । नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलनअनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव तुरून्त ल्याउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुरूप नयाँ प्रस्ताव प्राप्त भएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप छलफलका लागि फाइल समितिमा पठाउने निर्णय गरेको हो ।

नेपालीका भान्सा विषादीको भण्डार बनिरहेको बेला सरकारले यससम्बन्धी फाइल समितिमा पठाउने निर्णय गरेर आशा जगाएको छ । यो सान्दर्भिक पनि छ तर यति गरेर मात्र नागरिकहरूको स्वास्थ्यको रक्षा हुँदैन । यसलाई कार्यरूप दिन सके मात्र सरकार जनउत्तरदायी भएको मान्न सकिन्छ । तत्काल सस्तो लोकप्रियताका लागि मात्र फाइल पठाउने निर्णय गरिएको हो भने केही समयमै सरकारको वास्तविक अनुहार देखिनेछ । आफ्ना नागरिकहरूको जीवनको मूल्यमा कुनै राष्ट्रलाई खुसी पार्ने काम कुनै पनि अर्थमा उचित हुन सक्दैन । त्यसकारण खाद्य वस्तुमा प्रयोग हुने जीवनाशक विषादीको मापदण्ड निर्धारण गरेर परीक्षणको पनि व्यवस्था मिलाउनु आवश्यक छ । मानव शरीरलाई विषादीको भण्डार बन्नबाट रोक्नु सरकारको दायित्व हो । खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाइएपछि समितिले पनि उचित निर्णय गर्नु आवश्यक छ । अधिक विषादी प्रयुक्त खाद्य पदार्थलाई रोक्न ढिलाइ गर्नु हुन्न ।
त्यसैले यस विषयलाई चाँडै टुङ्गोमा पुर्याउनुपर्छ । आफ्ना नागरिकहरूको जीवनको मूल्यभन्दा ठूलो अन्य देशसँगको सम्बन्ध हुन सक्दैन । बरु देशभित्रै तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने गरी सरकारले वातावरण बनाउनुपर्छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved