प्राचीन दरबार महानगरपालिकालाई हस्तान्तरण

  • फाल्गुन २९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ /  नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन ।

दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा एक कठ्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरेको थियो ।

सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ ।

पाँच पाण्डव र उनीहरुका श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ रहेको छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।

वि.सं. २०२७ नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो । सो अवसरमा नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले ऐतिहासिक सङ्ग्राहलय स्थानीय जनताको सम्पत्ति भएको बताएका थिए ।

इलाम कारागारबाट एक थ ...

इलाम / देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक ...

सम्पदा संरक्षणमा जोड ...

मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अ ...

धरानमा खुुल्यो वडाको ...

धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा ...

जोगवनी किमाथांका ६ ल ...

धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved