संखुवासभा वानामा पनि पाथिभरा मन्दिर

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।
फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो ।

देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो ।

pathivara-pic

त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।
सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर वाहिरका भक्तजनहरुको उपस्थिति रहेको थियो ।

सिद्धदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गरिएको संस्थाका देवराज पुरीले जानकारी दिए । उनले भने–‘पाथीभरा मन्दिरको प्राणप्रतिष्ठा भएको छ, अब संखुवासभाको वानामै दर्शन गर्न पाइने भएको छ ।’

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved