माओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान सुरु

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा /  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।
झापाको भद्रपुरमा एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो ।

अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले गरेका थिए ।
जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानका बारे प्रकाश पार्नु पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको बताए ।

अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गएका थिए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको उपस्थिति रहकेो थियो ।
पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष किरण सुब्बाले गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved