पहिचानवादी एकै ठाउँमा उभिए " आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी"

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् ।

बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका थिए भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका थिए ।

धरानमा बन्दका क्रममा कुनै भौतिक तथा मानवीय क्षति नभएको धरान प्रहरीले जनाएको छ । बन्दका समयमा सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका थिए् ।

विगतमा पहिचानवादीहरु एक ठाउँमा नहुदा यसको फाइदा प्रतिक्रियावादीहरुले लिएको बताउदै अहिले पहिचानवादी एक भएर आन्दोलनमा होमिएको आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवम् आन्दोलनका अभियन्ता आङकाजी शेर्पाले बताए ।

उनले सदियौदेखि बसोबास गरेका आदिवासीहरुको पहिचान माग्दा आर्यहरुको गोत्रको आधारमा कोशी प्रदेश राखेको प्रति आफूहरुको आपत्ति रहेको बताउदै प्रदेश नं. १ को नाम कोशी प्रदेशको पुनविचारको माग गर्दै आन्दोलनमा होमिएको बताए ।

उनले २ नंं प्रदेश मधेश प्रदेश हुने तर १ नं. प्रदेश आदिवासी जनजातिको पहिचानको नाममा किन नहुने भन्ने प्रश्न राख्दै यो आन्दोलन निरन्तर चल्ने र सरकार परिवर्तन गर्नेसम्मको आन्दोलन चर्काउने चेतावनी दिए ।

यस्तै अर्को पहिचानवादी पार्टी सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले पहिचानको विषयमा वहुमतको कुरा नआउने बताउँदै नामकरणका विषयमा प्रदेश न. १ मा पहिचानवादीहरुलाई पाखा लगाएर एकैलोटी निर्णय गरेर कोशी प्रदेश लादेको आरोप लगाए ।

उनले पहिचानवादी एक ढिक्का भएर आन्दोलमा उत्रिएकोले यो आन्दोलनको स्वरुप कडा हुने चेतावनी दिए ।सो अवसरमा उनीहरुले प्रदेशको नामाङकन लिम्बुवान ,खम्बुवान , किराँत राज्य घोषणा गर्नुपर्ने माग राखेका थिए ।

१ नं. प्रदेश  पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले शनिवार कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका थिए ।

धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका थिए् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो ।

पहिचान विरोधी होशियार, कोशी प्रदेश मान्देनौ, सम्पूर्ण पहिचानबादी एक हौ, पहिचान विरोधी नामाकरण मान्दैनौ, कोशी प्रदेश नामाकरण खारेज गर लगायतका नारा लगाएका थिए ।

१४ पहिचानवादी शक्ति संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । लिम्बुवान किराँत प्रदेश समर्थक राजनैनिक दलहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान मञ्च, संघिय समाजवादीको लिम्बुवान राष्ट्रिय समिति, खम्बुवान साझा पार्टी नेपाल आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी लगायत मोर्चा बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved