विष्णुपादुकाको बाटो कालोपत्रे हुन सकेन मन्दिरसम्म पुग्न सास्ती

  • फाल्गुन ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० मा पर्ने विष्णुपादुकामा पुग्ने बाटो अझै पनि कालोपत्रे हुन सकेको छैन । धरानबाट करिब ९ किलो मिटर उत्तर पश्चिममा रहेको यो मन्दिरमा प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौंको संख्यामा हिन्दू धर्मावलम्वीहरू यहाँ आउने गर्दछन ।

यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ । त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे हुन नसक्दा विष्णुपादुका पुग्ने बाटो जीर्ण हुदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।

धरान उपमहानगरपालिकामा गाभिनुभन्दा अगाडि विष्णुपादुका गाविस थियो । वि सं २०७१ मङ्सिर २६ गते नेपाल सरकारको निर्णयानुसार छुट्टैे विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो ।

उपमहानगरपालिकामा गाभिसक्दा पनि सडकको अवस्था जस्ताको तस्तै रहेको छ, धरान ११ मंगलबारेदेखि विष्णुपादुका भन्ज्याङसम्मको ७ किमी बाटो र मङ्गलबारे–विष्णुपादुका तथा भञ्ज्याङ–चाँदी भञ्ज्याङसम्मको २३ किमी सडकको स्तरोन्नति मात्र भएको छ ।

धरान उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुले सडक सञ्जाल नपुगेकै कारण विष्णुपादुका भन्ज्याङ अथवा वडासम्ममात्र कालोपत्रे गर्न सकिए धेरै सहज हुने बताए ।

उनले भने–‘सडक सञ्जालले छोए पनि अझै कालोपत्रे हुन सकेको छैन, यसले गर्दा विष्णुपादुका धरान उपमहानगरपालिकाको २० नं. वडा भए पनि अन्य सुगम वडाभन्दा धेरै पछि परेको छ ।’

हुन त नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले विष्णुपादुकालाई ‘पर्यटन गाउँ’ छनौट गरेको थियो । तर यस ठाउँको विकास भने हुन सकेको भने छैन ।

विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले विगतमा सर्दु खोलामा पुल नहुदा अहिलेको भन्दा धेरै समस्या भएको बताउँदै पुलले केही सहज भएपनि मन्दिरसम्म पुग्ने बाटो अझै कालोपत्रे बन्न नसक्दा मन्दिरमा आउने भक्तजनहरुलाई अझै समस्या भएको बताए ।

उनले भने–‘पौषे औंशीमा श्र्राद्ध गर्न नेपालबाटमात्र हैन भारतदेखि यहाँ लाखौ सर्वसाधारण आउँछन्, तर उनीहरुलाई बाटोको सहजताले धेरै समस्या हुन्छ ।’
सडक सञ्जाल जोड्ने काम भए पनि गुणस्तरीय बाटोको लागि धरान उपमहानगरपालिकाले सम्बन्धित पक्षसँग पहल गरिरहेको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बताए ।

उनले भने–‘विष्णुपादुका धरानको धार्मिक पर्यटकी क्षेत्रमात्र हैन कृषि पकेट क्षेत्र पनि हो, विष्णुपादुका मन्दिरमा लाखौ सर्वसाधारण आउने गर्छन् तर बाटोको अवस्था भने राम्रो छैन, कालोपत्रेका लागि हामीले सम्बन्धित पक्षसँग पहल गरिरहेका छौं ।’

विष्णुपादुकाको मन्दिर ऐतिहासिक मन्दिर त छँदैछ यहाँ अन्य कुराले पनि पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने धेरै आधारहरु छन् । विष्णुपादुकाको माछामारामा भूपू गोर्खा सैनिक परिवारहरुले बनाएको गोर्खा स्मृति पार्क, चाँदी बजार, सुलिकोट, चिण्डेडाँडा लगायतका रमणीय स्थल रहेका छन् ।

यसको विकासमा सरकारको चासो नहुदा विष्णुपादुका गाविसबाट उपमहानगरपालिका हुदासम्म सोचेजस्तो विकास हुन सकेको छैन ।

केही समय अगाडि धरान एक्स्पोको समापन कार्यक्रममा सहभागी हुन नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती धरान आउने क्रममा विष्णु पादुकाको विकासको विषयमा उनले विष्णुपादुका, बराहक्षेत्र र खोटाङको हलेसी जोड्न योजनाका विषयमा बताएका थिए ।

यो क्षेत्र धरान उपमहानगरपालिको कृषि पकेट क्षेत्र पनि हो । यहाँ अदुवा, बेसार तथा अम्रिसोको खेति हुने गरेको छ । तर सडकको अवस्था भने विगतमा गाविस हुदा जस्तो थियो त्यो भन्दा फरक छैन । उपमहानगर बनेपछि सर्दुमा एउटा पक्की पुल निर्माणबाहेक अरु काम हुन सकेको छैन ।

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved