याक्थुङ सामुदायिक मौलिक चलचित्र ‘यक्पुङ’

  • चैत १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / ‘याक्थुङ’ समुदायको ‘यक्पुङ’ भित्र संघर्षरत एउटी अविवाहित नारी पात्रको कथालाई मौलिक सांस्कृतिक धरातलमा खिपेर पर्दामा उतारिएको चलचित्र निर्माणको घोषणा गरिएको छ ।
पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको कथालाई चलचित्र ‘यक्पुङ’ ले भन्ने प्रयास गरेको कलाकार कुशल थलङले बताए ।

मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी गराइएको हो । तेह्रथुमको साब्लामा ८० प्रतिशत र बसन्तपुरको चोलुङ पार्कमा २० प्रतिशत छायाङ्कन गरिएको चलचित्र ५० लाखको लागतमा निर्माण भएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, मिराक लिम्बूलगायतले अभिनय गरेका छन् ।

दिनेश माङ्मुको कथा निर्देशनमा तयार भएको चलचित्रमा विष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको छ । चलचित्रको निर्माण नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीले गरेका छन् भने सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् ।

पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ । २०५५ सालमा निर्देशक नवीन सुब्बाको चलचित्र नुमाफुङले नेपाली सिने क्षेत्रमा ‘याक्थुङ’ (लिम्बू) सांस्कृतिक कथा पस्किएर नौलो आयाम र दिशा निर्देश गरेको थियो ।

सोही सन्दर्भमा वरिष्ठ कलाकार, निर्देशक प्रेम सुब्बाले चलचित्र ’नुमाफुङ’ को चर्चा गरे । उनले चलचित्र ‘यक्पुङ’ ले याक्थुङ बस्तीका पारम्परिक, सांस्कृतिक बिम्बहरुको उद्घाटन गर्न सफल हुने विश्वास व्यक्त गरे । कोरोना सङ्क्रमणले थिलथिलो पारेको नेपाली चलचित्र क्षेत्रमाथि उठ्ने क्रममा पूर्वका मौलिक सांस्कृतिक चलचित्रले इटा थप्ने काम गरेको कलाकर्मीले विचार राखे ।

धरानका मेयरको समर्थक ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका समर ...

खोटाङमा डोजर आतंक बन ...

सडक बिस्तारका नाममा जथाभावी र हचुवाका भरमा बाटोको ट्रया ...

झण्डाचौकमा सडक मर्मत ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोल ...

समय सन्दर्भ : धरानमा ...

धरान/ नेपालीहरुको महान चाड दशै घरघरमा भित्रिइसकेको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved