विब्ल्याँटे–माई पोखरी–सन्दकपुर सडक कालोपत्रे " मापदण्ड विपरीतको काम सुधार्नुपर्ने"

  • चैत २, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलामको विब्ल्याँटे–माई पोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रे मापदण्ड विपरीत निर्माण गरिएको भाग पुनः काम गर्नुपर्ने भएको छ ।
उक्त सडक निर्माणको काम गुणस्तरहीन भएको समाचार आएपश्चात् गरिएको अनुगमनले मापदण्ड विपरीत काम पुनः गर्नुपर्ने निर्देशन दिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राई, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, सडक डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर र निर्माण व्यवसायीको अनुगमनले मापदण्ड विपरीत गरिएको कामलाई सुधार गर्नुपर्ने निर्देशन दिइएको छ ।

सहमति अनुसार सडक डिभिजन कार्यालयले मङ्गलवार निर्माण कम्पनीलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोख्रेलले बताए । उनले बेस उक्किएको ठाउँमा पुन ः काम गर्नुपर्ने, कालोपत्रे गर्नुअघि धुलो उडाएर मात्र गर्नुपर्ने सहमति भएको पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी अधिकारी श्रवण कुमार पोख्रेलले उक्त सडक निर्माणमा गुणस्तरहीन भएको थाहा पाए पश्चात् सम्बन्धित आयोजनाका प्रमुख सँगको समन्वयमा अनुगमन गर्दा दुई किलोमिटर सडक निर्माणको केही खण्डमा बेस कम हालेको पाइएको बताए ।

इन्जिनियर सहितको अनुगमन गर्दा बेस कम भएको पाएपछि त्यस ठाउँमा मापदण्डअनुसारको काम पुरा गरी सडक निर्माण समेत छिटो गर्नु भन्ने निर्देशन दिएको उनको भनाई छ । अनुगमनमा निर्माण कम्पनीको प्रतिनिधि समेत लगिएको र कार्यस्थलमै निर्माण कम्पनीले पनि काम सुधार गर्ने सहमति जनाएको प्रजिअ पोख्रेलको भनाई छ ।

सडक निर्माणमा लापरबाही भएको भन्ने थाहा पाएपछि इलाम नगरपालिकाले समेत यसको अनुगमन गरेको थियो । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भएको हो ।

उक्त सडक निर्माण माप दण्ड भएको भन्दै सडक डिभिजन कार्यालयले पटक पटक पत्राचार समेत गरेको थियो । केचना कञ्चनजङ्घा पर्यटन मार्ग अन्तर्गत उक्त सडक निर्माण भइरहेको छ । यो मार्गलाई राम्रो सँग निर्माण गर्ने हो भने पर्यटकीय क्षेत्र सन्दकपुर पुग्नका लागि पनि भारतको बाटो प्रयोग गर्नु पर्दैन ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved