स्वकीय सचिवको उर्दीविरुद्ध वडाध्यक्षहरुको आक्रोश कार्यपालिका बैठक अवरुद्ध

  • चैत्र २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईका स्वकीय सचिवले धरानका २० वटै वडाध्यक्षलाई विवरण उपलब्ध गराउन नगरको लेटरप्याड र छापको दुरुपयोग गरी उर्दी जारी गरेको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।

वडाध्यक्षहरुले ‘वडाध्यक्षहरु हर्क साम्पाङ अ रिभोलुसनको नोकर हो?’ भन्दै कार्यापालिका बैठकमा आक्रोश पोखे । नियमविपरीत पत्र काटेको विषयमा मेयर र सचिवालयले माफी माग्नु पर्ने अडान लिएका छन् । तर नगरप्रमुख हर्कराज राईले माफी नमाग्ने अडान लिएका छन् । उनले विवरण माग्न आफैले अह्राएको बताए ।

धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बूले सचिवालयका कर्मचारीलाई कार्बाही गर्न बैठकमा माग गरे । वडाध्यक्ष लिम्बूको भनाइलाई सम्बोधन गर्दै नगरप्रमुख राइले स्वकीय सचिवलाई होइन, नगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई कार्बाही गर्ने बताए ।

नगर प्रमुख राईका अनुसार वडाध्यक्षलाई पत्राचार गर्ने बारे अधिकृत खतिवडालाई निर्देश दिएका थिए । तर खतिवडाले वडाध्यक्षलाई पत्र काट्ने अधिकार नभएकाले नगर प्रमुखको सचिवालयले नै काट्दा उपयुक्त हुने राय दिएका थिए

। सोही रायअनुसार स्वकीय सचिवले वडाध्यक्षहरुलाई सम्बोधन गर्दै पत्र काटेका थिए ।
धरान १०, १६, १७ र १९ का वडाध्यक्षहरुले नगरप्रमुखको सचिवालयले क्षेत्राधिकार र नियम मिचेकोमा आपत्ति जनाएका थिए । धरान १७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले स्वकीय सचिवको गैरकानूनी काम भएको भन्दै व्यङ्ग्य गरे ।

‘म पनि एउटा पिउन नियुक्त गर्छु र नगर प्रमुखलाई आदेश दिँदै पत्र काट्छु, त्यसो गर्दा हुन्छ ?’ भन्दै प्रश्न राखेका थिए । उनले सत्यतालाई स्वीकार्दै विधि र कानुन अनुसार स्थानीय सरकार सञ्चालन हुनुपर्ने बताए ।

धरान १० का वडाध्यक्ष विवेक राईले स्वकीय सचिवले नगरपालिकाको प्याड दुरुपयोग गरी प्रक्रिया मिचेर वडा कार्यहरुलाई पत्र काटेको बताउदै यसको जिम्मा मेयरले लिइसकेकोले माफी माग्नुपर्नेमा जोड दिए ।

राजनीतिक नियुक्ति भएका स्वकीय सचिवले हामी जनताबाट चुनिएका आएका जनप्रतिनिधिविरुद्ध समाजिक, आर्थिक तथा भौतिक योजना अन्तर्गत वडाले हालसम्म गरेका सम्पन्न गरेका योजना तथा योजनाको विषयमा पत्र काटेर माग गर्नु कत्तिको जायज हो ? यो प्रक्रियागत छ ? भन्दै वडाध्यक्ष विवेकले मेयर समक्ष प्रश्न राखेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगरप्रमुखको सचिवालयको परिकल्पना गरेको छैन । तर स्थानीय सरकारले सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि निर्माण गरी पाठ्यक्रम निर्माण गरी, लिखित, मौखिक र प्रयोगात्मक परीक्षा लिई प्रतिस्पर्धा गराई करारमा कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था छ ।

नगरप्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूको हस्ताक्षरमा फागुन २९ गते जारी गरिएको चलानी नम्बर ५७८७ पत्रानुसार स्वकीय सचिव लिम्बूले आ.व. ७९/८० (आर्थिक वर्ष २०७९/८० मा संचालित सामाजिक, आर्थिक, भौतिक, योजनाअन्तर्गत यस वडाले हालसम्म सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुको सूची बनाई उपलब्ध गरिदिनु गराइदिनु हुन अनुरोध गरिन्छ । भन्ने व्योहोराको पत्र सबै वडालाई काटेका थिए

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved