तनाव व्यवस्थापनका लागि कर्मचारीलाई तालिम

  • चैत्र १, २०७९
  • कोशीपत्र/संवाददाता
alt

इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ ।

कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ ।
तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने ।

उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरुलाई तनावमुक्त वातावरणमा काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले हामीले तालिमको आयोजना गरेका हौं, कर्मचारी र जनप्रतिनिधिका लागि आयोजना गरिएको तनाव व्यवस्थापन तालिम शायद नेपालमै पहिलो हुनुपर्छ ।’

उनीहरुलाई कामका शिलशिलामा उत्पन्न तनावलाई कसरी व्यवस्थापन गर्ने, काम कसरी चुस्त दुरुस्त गर्ने भन्ने विषयमा तालिम दिइएको् थियो । तालिममा उपमेयर संगिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता ,वडाध्यक्ष सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल तनावको व्यवस्थापनका विषयमा जानकारीमूलक सूचना प्रवाह गरेका थए । नेपाल भन्छन्–‘ मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ ।’

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved