बोलेरो दुर्घटना हुँदा १५ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

  • कार्तिक १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप सडकबाट करिब १० मिटर तल खस्दा बालबालिकासहित १५ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका ७१ वर्षीय वृद्धलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका हुन्।

दुर्घटनामा चालक कटारी नगरपालिका–११ निवासी २९ वर्षीय निर्पबहादुर खड्का, झापाको बिर्तामोड–६ निवासी ३७ वर्षीया मेनुका मगर ९भुजेल०, उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल घाइते भएका छन्।

त्यस्तै, मकवानपुरको हेटौँडा–५ निवासी १६ वर्षीया तेन्जु लामा, कटारी–२ निवासी ७१ वर्षीय रामबहादुर मगर र उनकी ३५ वर्षीया छोरी लिसना मगर घाइते भएका छन्। कटारी नगरपालिका निवासी ६० वर्षीया गोमा श्रेष्ठ, वडा नम्बर ५ निवासी ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल पनि घाइते भएका छन्।

यसैगरी, कटारी–११ निवासी २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला–१ निवासी ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली–११ निवासी प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

चालक खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved