ह्वीलचियर रनमा चौधरी प्रथम

  • चैत २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् ।

चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए ।

महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा गरेकी केशरकुमारी आलेमगर तेस्रो भइन । प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए ।

विजेता तथा सहभागीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, उपाध्यक्ष जीनाजंग कार्की, समाजिक महाशाखा प्रमुख फणिन्द्र खत्री लगायतले पुरस्कार बितरण गरेका थिए ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद विकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका १ सय ५० जना अपांगता भएकाहरुको सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved