पहिचानको आन्दोलन दबाउने प्रयासमा सरकार "कार्यक्रममा गर्दागर्दे हस्तक्षेप:राईलाई पक्राउपछि रिहा"

  • चैत ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  पहिचानको आन्दोलनलाई सशक्त बनाएका पहिचानवादीहरुको आन्दोलनलाई प्रहरी प्रशासन लगाएर सरकारले दबाउने कोशिश गरेको पाइएको छ

प्रदेश नं. १ पुन ः नामाकरण संयुक्त संंघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले विहीबार विराटनगरम आयोजना भएको कविता वाचन कार्यक्रममा अभियन्ता जनऋषि राईलाई कविता वाचन गर्दै गरेको अवस्थामा पक्राउ गरी केही बेरमा छोडिदएको घट्नाले पनि पहिचानवादी शक्तिलाई सरकारको दबाउने प्रयास देखिएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत रहेका राईलाई कविता वाचन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । यस घट्नाबाट पहिचानको मुद्धा लिएर आन्दोलनमा होमिएकाहरुलाई थप संघर्ष गर्ने ऊर्जा मिलेको स्वयम् उनीहरुले बताएका छन् ।

यसै स्वरुप यो समितिले चैत्र ५ गते विराटनगरमा वृहत प्रदर्शन गर्दै प्रदेशसभा घेराउ गर्ने कार्यक्रमको तयारी गरिरहेको छ । उनीहरुको एक मात्र माग अहिले जबजजस्ती लादेको १ नं. प्रदेशको नाम कोशीलाई खारेज गर्नुपर्ने रहेको छ ।

उनीहरुले एकल जातीय वाहुनवादी कोशी प्रदेश नाम खारेज गर, पहिचानवादी एक हौ, ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नाम पुन ः नमाङ्कन गर जस्ता नारा समेत लगाए आन्दोलन चर्काउँदै आएका छन् ।

संयुक्त सघर्ष समितिमा लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी सम्बद्ध किरात राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, सेर्पालु राष्ट्रिय समिति, शिल्पी दलित विशेष राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, धिमाल स्वायत्त क्षेत्र समिति, नेकपा एस निकट नेपाल लिम्बु संघ समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्राप्तीय मञ्च, संघीय दलित मुक्ति प्रान्तीय मञ्च,

संघीय शेर्पा प्रान्तीय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, किरात राष्ट्रिय मुक्ति मोर्चा, कोचिला राष्ट्रिय मुक्ति मोर्चा, किरात याख्खा छुम्मा, धिमाल जाति विकास केन्द्र, किरात याख्खा लोकतान्त्रिक मुक्ति मोर्चा, सुनुवार सेवा समाज, रावजवींशी समाज विकास समिति, आठपहरिया स्वायत्त क्षेत्र समिति, याक्थुङ स्वायत्त क्षेत्र समिति, लिम्बुवान स्प्रिङ्ग आन्दोलन, याक्थुङ चलचित्रकर्मी संघ,, याक्थुङ लेखक सघ,

नेपाल मागर संघ १ नं. प्रदेश समिति, नेपाल गन्गाई समाज, सिङसा कल्याण केन्द्र, थारु ग्रामथान, संघीय लेप्चा स्वायत्त मञ्च, नेपाली काँग्रेस पहिचानवादी संघर्ष समिति, नेपाल तामाङ्ग घेदुङ १ नं. प्रदेश समिति, नेपाली काँग्रेस सम्बद्ध लिम्बु संघ, नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा क्रान्तिकारी रहेका छन् ।

यसैगरि किराँत राइ यायोख्खा र सम्बद्ध थरगत, भाषिक र भातृ संस्थाहरु, पहिचान सहितको प्रदेश न १ को पुनः नमाङ्कन अभियान समिति, नेपाल शेर्पा संघ, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद् र आवद्ध संघ सस्थाहरु, खम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय समिति, संघीय लिम्बुवान पार्टी नेपाल, किराँत मोर्चा किरात लिम्बुवान प्रदेश नमाङ्न अभियान र लोसपा लिम्बुवान राष्ट्रिय समिति रहेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved