पहिचानवादीहरुद्वारा आन्दोलन आन्दोलन दबाउन हवाई फायर

  • चैत ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt - फाइल तस्बिर

मोरङ /  प्रदेश नं. १ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । पहिचानवादीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तता दिएका हुन् ।
यसै क्रममा पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नं. १ पुन : नामाकरण संयुक्त समितिको नाममा उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनलाई दबाउन प्रहरीले अश्रुग्याससँगै हवाइफायर गरेको थियो ।

आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोर मुख्य मन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा अश्रुग्याँस र हवाई फायर गरेको आन्दोलनमा समावेश एक पहिचानवादी नेताले बताए ।
सोही क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रदेशको नाम कोशी भएपछि असन्तुष्ट पहिचानवादीहरुले आन्दोलनलाई निरन्तता दिएसँगै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो

निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीले अश्रु ग्याँस र तीन राउण्ड हवाई फायर गरेको थियो । प्रदेशसभामा वहुमतले फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन् ।

‘पहिचानको आधारमा नामकरण नभए कडा आन्दोलन गर्ने’

मोरङ । पहिचानको आधारमा प्रदेश नं. १ को नाम नराखिए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी पहिचानवादीहरुले दिएका छन् । पहिचानवादी नेता एवम् लपूर्वमन्त्री गोपाल किरातीले प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्नुपर्ने माग गर्दै कोशी प्रदेशको नाम परिवर्तन गरि पहिचानको आधारमा नामकरण नहुन्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन्

उनले भने–‘कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्छ पहिचानको आधारमा राखिनुपर्छ, पहिचानको आन्दोलनलाई दबाउने प्रयास राज्यसत्ताबाट भए आन्दोलनको आँधिबेहरी आउँछ ।’
प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आइतबार विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्ने क्रममा किरातीले यस्तो चेतावनी दिएका हुन् । उनले भने–‘श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरि मिल्काउँछौं, अब आन्दोलन रोकिदैन, आन्दोलन अझ सशक्त भएर अगाडि बढ्छ ।’

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved