कोशी राजमार्गबारे कांग्रेसले लियो राय सुझाव ‘वाइपासको विकल्प छैन’

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt संघर्ष समितिद्वारा नेकाका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ गोलेलाई ज्ञापनपत्र बुझाउँदै । तस्विर: लक्ष्मण थापा

धरान /  कोशीराजमार्गको धरानस्थित तीनकुने जिरोप्वाइन्ट सडक खण्डका विषयमा राजनीतिक दलहरुले आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ गरिरहेका बेला नेपाली काङ्ग्रेसले रायसुझाव सङ्कलन गरेको छ ।

अन्तरक्रियामा बोल्दै अधिकांश सहभागीले बजार क्षेत्रबाट राजमार्ग लानु हितकर नभएको धारणा राखेका थिए ।
धरान १३ का स्थानीय कुमार भण्डारीले २ अरबको आयोजना आएर ६÷७ अरबको जनताको सम्पत्ति खेर फाल्न नहुने विचार राखे ।’ सडक छेउ बस्ने स्थानीय अपराधी होइनन्, स्थानीय सर्वस्वहरणमा पर्ने सम्भावना छ,’ स्थानीय भण्डारीले भने, ’कोशी राजमार्ग यकिन नभएको अवस्थामा मदन भण्डारी राजमार्गमा मर्ज गर्दै चतरा हुँदै वा सेउती हुँदै विकल्प खोज्नु पर्छ ।’

यस्तै धरान १२ का स्थानीय पर्शुराम राईले स्थानीय सरकार र केन्द्रीय सरकारले बेवास्ता गर्दा पीडित भएको बताए । उनले राजमार्ग मध्ये बजारबाट लानु निन्दनीय भएको धारणा राखे ।

मध्य बजारबाट राजमार्ग विस्तार गर्न दिँदैनौँ, विकल्प खोज्नु पर्छ, विज्ञसँग सल्लाह गर्नु पर्छ,’ स्थानीय राईले भने, ’ हामी बजारबाट लाने विषय उठे संघर्ष गर्न तयार छौँ, अदालत जान तयार छौँ, हाम्रो सुझाव सेउती, सर्दु करिडोरबाट बाइपास गरेर लाने नै हो ।’

धरान १ का संघर्ष समिति संयोजक तथा पूर्वाञ्चल क्याम्पसका पूर्व प्राध्यापक लोकेन्द्र आचार्यले विकल्पहीन अवस्थादेखि बाहेक आवस क्षेत्रलाई चलाउन नमिल्ने बताए । उनले कोशी राजमार्ग धरानबाट जाने भन्ने मात्र सुनेको तर तीनकुनेबाट जिरोपोइन्ट हुँदै शिवधारा जाने भन्ने अहिलेसम्म कहीं पनि नभेट्टाएको बताए ।

‘वरगाछीमा एउटा प्रसिद्ध मन्दिर छ, भानुचोकमा भानुको शालिक छ, घण्टाघर छ, गणेशको मन्दिर छ, धरान १२ मा गीता मन्दिर छ, धर्मशाला छ, लक्ष्मी सडकमा शिव मन्दिर छ, लक्ष्मीको शालिक छ,’

पूर्व प्राध्यापक आचार्यले भने, ’पुरातात्विक र धार्मिक महत्वका चिजलाई नचलाउने, सरक्षण गर्ने भनिएको छ, तर हाम्रोमा चाहिँ भत्काउन खोजिराखिएको छ, तो कहाँसम्मको न्यायोचित र बुद्धिमता हो ?’

धरान १ का पूर्व वडाध्यक्ष रोशन अधिकारीले ७२ फुटे बाटो बनाउँदा वडा न १ का ११ वटा घर भत्किने र १ इन्च पनि नरहने बताए ।
कोशी राजमार्ग बाइपास संघर्ष समितिले नेपाली काङ्ग्रेस पार्टीलाई धरानको बजार क्षेत्रका जग्गा व्यक्तिको स्वामित्वमा रहेको तथा विगतमा राजमार्ग कायम गर्ने कुनै पनि प्रकृया नगरिएकोले शहरी क्षेत्रबाट लान नहुनेमा सजग गराएको छ ।

समितिले कोशी राजमार्गको उपयुक्त वैकल्पिक क्षेत्रबाट निर्माण गरिनु हितकर हुने स्पष्ट पारेको छ ।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न १ सुनसरीले सोमबार कोशी राजमार्ग सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रम गर्दै स्थानीय नागरिकको राय सुझाव सङ्कलन गरेको हो ।
सुझाव दिने क्रममा सहभागी कोशी राजमार्ग बाइपास संघर्ष समितिका संयोजक निनाचन्द्र राईले नेपाल सरकार तथा सम्बन्धित निकायद्वारा प्रचलित ऐन कानुन, नीति नियमलाई पूर्णतया बेवास्ता गर्दै कोशी राजमार्गको नाममा सडक विस्तार तथा निर्माण गर्दाको धरानको मुख्य बजार पूर्णरुपमा विनाश हुने बताए ।

संघर्ष समितिका संयोजक राईका अनुसार क्षतिको आंकलन गर्दा १ हजारदेखि १ हजार २ सय भवनहरु पूर्णर्ण रूपमा भत्किई १५ अर्ब रुपैयाँ भन्दा बढी क्षति हुने छ ।
भवनहरुमा व्यवसायिक प्रयोजनको लागि गरिएको लगानी २ अर्थ भन्दा बढी क्षति हुने र प्रारम्भिक अनुमान अनुसार ३६ बिघा २ कठ्ठा १२ घर भन्दा बढी जग्गा अधिग्रहण गर्नु पर्दा २९–३० अर्ब भन्दा बढी रकम लाग्ने हुँदा जम्मा कम्तीमा पनि ४६–४७ अर्ब रुपैयाँभन्दा बढी व्यय भार हुनेछ ।

संघर्ष समितिका संयोजक राईले क्षेत्रीय समिति अध्यक्ष गोलेलाई ज्ञापनपत्र बुझाएका छन् । नागरिकको राय सङ्कलन गरी कोशी राजमार्ग बारे आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।
नेपाली काङ्ग्रेस क्षेत्रीय समिति क्षेत्र न १ सुनसरीले सोमबार कोशी राजमार्ग सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रम गर्दै स्थानीय नागरिकको राय सुझाव सङ्कलन गरेको हो ।
आगामी असार मसान्तसम्म कोशी राजमार्ग विस्तारका लागि समयसीमा रहेकामा धरानले ठोस निर्णय दिन सकिरहेको छैन ।

जनताको आवाज, चाहान र भावना बुझ्न आयोजित कार्यक्रममा पार्टीको धारणालाई टुङ्गोमा पुर्याउन छलफल गरेको र त्यसैको आधारमा पार्टीले निर्णय लिने काङ्ग्रेसले जनाएको छ । पार्टीले समस्याको समाधानसमेत निस्कने गरी वस्तुगत स्थिति बुझ्ने र आधिकारिक धारणा तय गर्ने क्षेत्रीय समिति अध्यक्ष सुजेन्द्र गोलेले बताए । अन्तर्कृयाले पार्टीलाई मार्गनिर्देश गर्ने र सोही अनुसाअर नागरिकलाई सुझाव दिन आग्रह गरेको गोलेले बताए ।

अन्तरक्रियामा उठेका विषयलाई अध्यक्ष गोलेसहित सुनसरी क्षेत्र न १ का क्षेत्रीय, सहसचिव भोजराज न्यौपाने र सुनसरी क्षेत्र न १ १ का सचिव युवराज शङ्करले टिपोट गरेका थिए ।
कोशीराजमार्गको धरानस्थित तीनकुने जिरोप्वाइन्ट सडक खण्डका विषयमा राजनीतिक दलहरु मौन हुँदा नेपाली काङ्ग्रेसले रायसुझाव सङ्कलन गरेको हो ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved