इटहरी गोल्डकप मछिन्द्रलाई हराउँदै सगरमाथा फाइनलमा

  • चैत्र ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /  साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३—१ गोल अन्तरले हराएको हो ।

सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो । मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए । १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा मेसुकेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३—० बनाए । ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे ।

डिबक्सभित्र अविशेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो । सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन् । मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने । पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए ।

१५ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा बिजय भुजेलले गोलरक्षकलाई विट गराएपनि गोल गर्न सकेनन् । १९ औ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए । २२ औ मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो । ३१ औ मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके ।

पहिलो हाफको तुलनामा दोश्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन् । ६४ औ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो । दोश्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सब राईको हेडर पोष्टमाथिबाट बाहिरियो । इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन् । सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो ।

२३ औ मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए । २५ आँै मिनेटमा डिफेन्डर बिच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेको प्रहार क्लियर हुन पुग्यो । ५३ आँै मिनेटमा मेसुकेको क्रसमा राजिव लोप्चन गोल गर्न चुके ।

लगतै मेसुकेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे । खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचे अनुरुपको प्रर्दशन नगरेको बताउदै जितेकोमा खुशी व्यक्त गरे ।

गुरुङले विपक्षी खेलाडीहरु अफ्रिकनको कारणले दबाबमा परेपनि खेलाडीहरु बिच तालमेल राम्रो देखिएको बताए ।
मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने पहिलो हाफमा पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित भएको बताए ।

उनले रेफ्रीको गल्तीका कारण दोश्रो गोल हुन पुगेको आरोप लगाए । उनले अफ्रिकन खेलाडीहरुको कारण भन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण भएको बताए ।

उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोश्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए ।
प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबीच शनिवार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved