हर्क साम्पाङविरुद्ध स्थानीय सात दलको आरोप " ‘दम्भ, अहंकार र अपरिपक्वता प्रदर्शन गरे’"

  • चैत ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै जाँदा धरानका सात राजनीतिक दलले भने एक प्रेस विज्ञप्ती नै प्रकाशित गरेर मेयरले दम्भ, अहंकार र अपरिपक्वता प्रदेश गरेको ठहर गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेका छन् ।

मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका छन् ।

press-bighyapti-1

उनीहरुले सार्वजनिक गरेको वक्तव्यमा धरानमा नगर प्रमुख हर्कराज राई एकातिर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्य अर्कातिर हुँदा आपसी असमझदारी बढेको बताउँदै यसले धरानको समग्र विकासमा असर पु¥याएको जनाएका छन् ।

धरानका सात राजनीतिक दलले सार्वजनिक गरेको वक्तव्यमा नगर प्रमुख राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

धरानका नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै सद्भाव र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

दलहरुले मेयर राईका निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिई सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती ’रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख राईले विगतमा पनि पटकपटक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई होच्याएर बोलेर र कार्यपालिका सदस्यहरुले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरिएको दलहरूले आरोप लगाएका छन् ।

‘त्यत्ति मात्र होइन केही युट्युव च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरुको विचारलाई काँटछाँट गरी अतिरन्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको’ दलहरूको भनाइ छ ।

दलहरुले विज्ञप्तिमा भनेका छन्,’जनप्रतिनिधिबीच आपसी असमझदारी, बेमेल द्वन्द्व, स्वेच्छाचारी प्रवृत्ति, भ्रष्टचारका कारण धरानको विकास र समृद्धिमा आँच आएमा दलहरु चुप लागेर नबस्ने समेत प्रष्ट पार्न चाहान्छौं ।’

नगर प्रमुख राईको ’हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिकदलहरु माथि झुटो, कपोकल्पित र भ्रामक विषयहरु पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरुवाट अशिष्ट, अमर्यादित र अश्लिल गाली गलौज गर्ने गराउने गरेको तथ्य रहेको दकहरुले उल्लेख गरेका छन् ।

यस अघि पनि कार्यपालिका सदस्य अनुप देवानलाई बैठकमा विचार राख्दा राख्दै रोकेर बाहिर जानु भनेपछि भांडिएको बैठकले नगर परिषद समेत प्रभावित बनेको थियो । त्यस समय पनि राजनीतिकदलहरुले आपसी संवाद र छलफलबाट उत्पन्न असहज परिस्थितिलाई सहज बनाउन सचेत गराएपछि आफ्नो कार्यकक्षमा नगर प्रमुख राईले गल्ती भएको महसुस गर्दै अब यस्ता कमीकमजोरी कसैबाट नगर्ने भनी आत्मालोचना गरे पछि वातावरण सहज बनेको थियो ।

दलित समुदायलाई अपमान गरेको विषयमा राष्ट्रिय दलित आयोगले माफ माग्न अनुरोध गर्दा उल्टै आयोगलाई नै चुनौती दिएको र पछि कारबाही हुने भएपछि शब्द फिर्ता लिई नगर प्रमुख राईले माफी मागेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved