नेविसंघबाट निर्वाचित पदाधिकारीलाई बधाई

  • चैत ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाली कांग्रेस धरान नगर समितिले धरानका चारवटै आंगिक क्याम्पसबाट स्ववियुृको निर्वाचनमा निर्वाचित भएका विद्यार्थी नेताहरुलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार धरान २ निकेतन गल्लीमा रहेको पार्टी कार्यालयमा आयोजित बधाई एवम् शुभकमना कार्यक्रममा नेविसंघबाट निर्वाचित विद्यार्थी नेतालाई खदासाहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।

निर्वाचित विद्यार्थीहरुलाई नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व सांसद मिना सुब्बा, धरान नगर सभापति श्याम पोखरेलले स्ववियु निर्वाचनमा विजय बनेका विद्यार्थीहरुलाई खादा एवम् प्रशंसापत्रले सम्मान गरेका थिए ।

सम्माननित हुनेहरुमा केन्द्रीय प्रविधि क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु निर्वाचनमा निर्वाचित भएका केन्द्रीय प्रविधि क्याम्पबाट विजयी बनेका सभापति अभिनव गुरागाई, सदस्यहरुश्र हुकुम भुजेल, सृजल भट्टराई, बर्षा गुरु, विपसल मुखियालाई सम्मान गरिएको थियो ।

यसैगरि पूर्वाञ्चल इन्जिनियरिङमा सभापतिमा निर्वाचित नविन श्रेष्ठ, कोषाध्क्ष महेब्वर प्रसाद भट्ट, सदस्यहरुमा अत्युश कार्की, पुरुषोत्म रिजाल, सागर बस्याल, सेजल पोद्धार, अमर कार्की रहेका छन् ।

त्यस्तै पिण्डेश्वर पिद्या पीठबाट निर्वाचित विद्यार्थी कोषाध्यक्ष पुष्कर निरौला, सदस्यहरुमा सोमनाथ दाहाल, मनोज सुवेदीलाई सम्मान गरिएका छ भने महेन्द्र बहुमुखी क्याम्पस धरानबाट निर्वाचित सचिव सनिक श्रेष्ठ (मल्ल ) र सदस्यहरुमा नितेश राई, शुक्रराज ईजम, मन्दिप पराजुली, हस्तकला राई, शुभराज राई र आलोक लिम्बूलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नेतृ स्ब्बा, नेका सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र गोली तामाङ, नेका जिल्ला सचिव माधव घिसिङ ने का धरानका पूर्व सभापति तिलक राई, सुनसरी क्षेत्र – १ क र ख का सभापतिहरु अनिल श्रेष्ठ र मुरारी प्रसाद भट्टराईले निर्वाचित नेवि संघका विद्यार्थीहरुलाई बधाईसँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved