मेयर र वडाध्यक्षको द्वन्द्व चर्किदो समाधान खोज्दै सचेतना कार्यक्रम

  • चैत्र १३, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / कार्यपालिकाको पहिलो बैठकबाट विवाद देखिएको मेयर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यको विवाद केही समय साम्य भएपनि पुन: मेयर हर्क साम्पाङको दम्भका कारण पुन:बल्झिएको छ ।

फागुन २९ गते मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले नगरपालिकाको प्याड प्रयोग गरी वडामा सम्पन्न भएका योजना तथा सम्पन्न भएको सूची माग गरेपछि वडाध्यक्ष र कार्यपालिका सदस्य मेयर साम्पाङप्रति आक्रोसित बनेका थिए ।

यही विषयमा चैत्र १ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले गल्ती नस्वीकारिसकेपछि वडाध्यक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलन चर्काएका थिए ।
विवाद चर्किदै गएपछि सात राजनीतिक दलले समेत मेयर साम्पाङको स्वेच्छाचारी प्रवृत्तिको विरोध जनाउँदै वक्तव्य नै प्रकाशित गरेका थिए ।

चैत्र ८ गते नेकपा एमाले धरान उपमहानगर नगर कमिटीको पार्टी कार्यालयमा धरानका सात राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको स्वेच्छाचारी प्रवृत्ति सच्याउँदै माफी माग्नुपर्ने माग गरे पनि नगर प्रमुख हर्कराज राइले कुनै प्रतिक्रिया नदिएपछि धरान उपमहानगर १५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा राजनैतिक दल र नागरिक समाजको आयोजनामा धरान उपमहानगरभित्र भएका गतिविधि सम्बन्धमा सचेतना कार्यक्रम गरेको होे ।

सो अवसरमा बोल्दै पूर्व नागरिक समाजका प्रतिनिधि एवम् पूर्व नगर प्रमुख कुमारबहादुर कार्कीले मेयर र वडाध्यक्षसहित कार्यपालिका सदस्यबीचको द्वन्द्वले नकारात्मक सन्देश प्रवाह भएको बताएका थिए । उनले नगरप्रमुख एकातिर र वडाध्यक्ष तथा कार्यपालिका सदस्य एकातिर हुँदा नगरको विकासमा ठूलो असर पर्ने बताएका थिए ।

यता वडाअध्यक्षहरुले नगर प्रमुख स्थानीय सरकार सञ्चालन ऐन विपरीतका कामहरु गर्दै आएकोप्रति आपत्ति जनाएका थिए । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष एवम् प्रवक्ता सूर्यकुमार भट्टराई (मनोज) ले समस्या हल गर्नुको साटो मेयर साम्पाङले झन बल्झाउने काम गरेको बताए ।

धरान १५ का वडाध्यक्ष नरेश इवारमले मेयरको गतिविधिले वडाध्यक्षहरु मारमा परेको बताउँदै स्थानीय शासन सञ्चालन ऐन अध्ययन गर्न मेयर साम्पाङलाई आग्रह गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरान नगर कमिटीका कावाअध्यक्ष मोहन तिगेलाको संयोजकत्वमा भएको कार्यक्रममा सात दलका धरान नगर अध्यक्ष र २० वटै वडा र ८ कार्यापालिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा उनीहरुले मेयर हर्कराज साम्पाङ राई सच्चिनु पर्ने, खानेपानीको लागी बिदेशबाट आएको रकम धराने जनताहरु माझ सार्वजनिक गरिनुपर्ने, हर्क सम्पाङले दम्भ त्याग्नुपर्ने लगायतका कुराहरु उठाएका थिए ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved