इटहरी गोल्डकप सगरमाथा युथ क्लबलाई उपाधि

  • चैत १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी /  सुनसरी– १३ औं संस्करणको इटहरी गोल्डकपको उपाधी सगरमाथा युथ क्लब मोरङगले जितेको छ ।

इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

चर्च ब्वाइजका फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, बिदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोज राइको प्रहार आकाशिएको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र बिबेक बर्माको प्रहार गोलमा परिणत भएपछी सगरमाथाले उपाधी जितेको हो । सगरमाथाले उपाधीसंगै नगद १० लाख हात पारेको छ । उपबिजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

सगरमाथाका देब लिम्बु बेष्ट गोलकिपर, बिशाल बस्नेत बेष्ट डिफेण्डर, स्टेफिन बिनोंग बेष्ट फरवार्ड र याम गुरुङग बेष्ट कोच घोषित भए । चर्च ब्वाइजका मौषम लिम्बु बेष्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved