सुनसरीको दुहबीमा चैते छठ मनाइयो

  • चैत १४, २०७९
  • "चन्दन रौनियार"
alt

सुनसरी / चैते छठ शनिबारदेखि सुरु भएको छ । सोमबार तेस्रो दिन अर्थात् छठ पर्वको मुख्यको रुपमा लिइन्छ । सोमबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने आज मङलबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्दछन् । प्रसादमा खीर , केरा, दुध एवम् विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको तस्रो दिन ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिने गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदी या पोखरीमा प्रवेश गरी खष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसी मंंगलबार चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

सुनसरीको दुहबी बुढिखोला सहित मधेसका २२ जिल्लाका विभिन्न जलासयहरुमा छठ पर्व मनाउनेहरुको घुइँचो लाग्ने गर्दछ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहिआएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved