विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा

  • चैत १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ ।

333

विराटनगरस्थित सहिद मैदानमा सोमबार राती भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो । जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरेका छन् । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

2222 1

विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो ।

५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो । ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे । ६१ औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए ।

लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट घर फर्किन बाध्य भयो ।

९ औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए । १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर बिशाल श्रेष्ठले बिफल पारिदिए । त्यसलगैत एनकोटोले निकालको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।
२७ औ मिनेटमा बिमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।
५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए । ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

444

खेलको अत्यतिर ८९ औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले बिफल पारिदिए । खेलको अत्यतिर जावलाखेल समाल्नि नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।
म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए । पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताए । उता जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताए ।
मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved