कृषकलाई अदुवा खेती तालिम

  • चैत १४, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम /  इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् ।

खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ ।

अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।
आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान पनि दिन प्रतिदिन घटिरहेका छन् ।

जलवायु परिवर्तनको असर साथै अदुवा उत्पादन गर्ने उन्नत प्रविधिको अभावमा कृषकहरूले गुणस्तरीय अदुवा उत्पादन नहुँदा अदुवाले उचित मूल्य समेत पाउन सकेको छैन ।

जैविक मलको कम प्रयोग तर रासायनिक मलको बढ्दो प्रयोगले अदुवाको हुनुपर्ने तत्वको मात्रा कम गएको हुँदा अदुवाबाट बन्ने अदुवाको तेल, अचार, क्यान्डी, बियर, वाइन, सुठो, पाउडर लगायतका प्रशोधन गरेर बनाउन अदुवाको गानोमा चाहिने तत्वको कमी हुँदा बजारीकरणमा समेत समस्या पर्दै गएको पाइन्छ ।

अदुवा किसानका समस्यालाई मध्यनजर गर्दै जिल्लाका तीन हजार दुई सय किसानलाई खेती सम्बन्धी तालिम दिएको छ । सुकलपा इन्टरनेशनल प्रालि र पर्वता फुड्स नामक संस्थाको संयुक्त आयोजनामा जिल्लाका तीन हजार दुई सय अदुवा कृषकलाई तालिम दिएको हो ।

अदुवा कृषकलाई गुणस्तर वृद्धि तथा मूल्य शृङ्खला विकास कार्यक्रम अन्तर्गत जिल्लाका सात वटा पालिकामा तालिम भएको हो ।

जिल्लाको इलाम, माई, देउमाई र सूर्योदय नगरपालिका साथै फाकफोकथुम, माईजोगमाई र रोङ गाउँपालिकाका किसानलाई तालिम दिएको हो । तालिमको सहजीकरण श्रेय खतिवडा, अरुण भण्डारी र अनिसा खतिवडाले गरिरहेका छन् ।

तालिममा अदुवा उत्पादन सम्भाव्य पकेटहरूमा कृषक समूह, कृषि सहकारीहरूको अनुरोधमा उन्नत जैविक अदुवा उत्पादन प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको सहजकर्ता अरुण भण्डारीले जानकारी दिए ।

तालिममा स्थानीय स्तरमा उपलब्ध हुने झारपातहरू जस्तै सयपत्री, काली–झार, असुरो, सिस्नु, तितेपाती, बकाइनो, निम, प्याज, लसुन, आदिलाई आलो–गोबर, गहुँत घोलेको पानीमा मिसाएर कुहाएर बनाइने जैविक झोल मल तथा झोल–विषादी तयार गर्ने प्रविधि स्थलगत रूपमै बनाएर प्रदर्शन गरिएको उनको भनाई छ ।

‘कार्यक्रमले एक घर एक झोल मल कार्यक्रमको नाम दिएको छ, तालिम लिने सबै सहभागीहरूलाई अदुवाको बिउ उपचार गर्न आवश्यक पर्ने जैविक विषादी समेत निःशुल्क उपलब्ध गर्ने छ ।, उनले भने, तालिमप्राप्त कृषकहरूले उत्पादन गरेको जैविक गुणस्तरीय अदुवा बिक्री गर्नका लागि सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved