‘राजस्व र रोजगारी सिर्जना हुने क्षेत्रमा खर्च गर्नुहोस्’

  • चैत १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए ।

अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट पारे ।

पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका योजनामा लगानी नगर्न आग्रह गरे ।

उनले गोरुगाडा देखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि दायरा बढाउने तर्फ ध्यान दिनुपर्ने बताए ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो 

‘गाउँपालिकाहरुलाई एक भन्दा पनि दुई वा सो भन्दा बढी पालिका सहभागि हुने सामुहिक योजना निर्माणमा ध्यान दिनुहोस, त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहने छ ।’

उनले मुलुक सङेघीयतामा गएसँग विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved