रक्षा सहचरी शर्माद्वारा सूची बोर्ड उद्घाटन

  • चैत १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / राजधानीस्थित भारतीय राजदुतावासबा रक्षा सहचरी कर्णेल अमितकुमार शर्माले वीर नारी पदक प्राप्त गर्ने भूपू सैनिकहरुको सूचीबोर्ड उद्घाटन गरेका छन् ।

रक्षा सहचरी शर्माले गत बिहीबार धरानस्थित पेन्सन वितरण कार्यालयमा सूचीबोर्ड उद्घाटनसँगै ह्वियलचियर, राष्ट्रपति प्रमाणपत्र, वाकिङ एड लगायत वीर नारीहरुलाई सम्मान गरेका थिए ।

4

युद्धका क्रममा बैरीहरुलाई परास्त गर्ने वीर सैनिकहरुको पहिलो पटक पेन्सन वितरण कार्यालय धरानले कार्यालय हाताभित्र सूची बोर्ड तयार गरेको छ । सो कोे शर्माले औपचारिक रुपमा समुद्घाटन गरेका हुन् । सो अवसरमा उनले सूचीबोर्डमा परेका वीर सैनिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

5 3

2

सूचीबोर्डमा परेका किर्तिचक्र विजेता सुवेदार जगतबहादुर घले, वीर चक्र विजेता तिलबहादुर राई, धनबहादुर राई, सूर्य चक्र विजेता ज्ञानबहादुर लिम्बुकी श्रीमती तेजकुमारी लिम्बु, सोरमान राई, कर्णबहादुर राईलाई सम्मान गरिएका थियो । यसैगरी चारजना अशक्त भूपू तथा तिनका आश्रित परिवारलाई ह्विल चियर र वाकिङ एड प्रदान गरिएको थियो ।

यसैगरी राष्ट्रपति प्रमाणपत्र प्राप्त गर्नेहरु सुवेदार धनबहादुर तामाङ, सुवेदार होनेरी लेफ्टिनेन्ट लालबहादुर राई, सुवेदार गोपालबहादुर ब्लोन, सुवेदार उत्तमसिंह राई, डिएससी नायव सुवेदार अमृतकुमार तामाङ्ग रहेका छन् ।
सोही कार्यक्रमा भारतीय सेनामा कार्यरत सेवा निवृत्त भएका ५ जनालाई रक्षा सहचरी शर्माले फस्ट पेमेन्ट भौचर प्रदान गरेका थिए । यस्तै र्यालीमा सहभागी वीर नारीहरुलाई श्रीमति सारिका शर्माले उपहार सहित उच्च सम्मान गरेकी थिइन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved