‘मुलघाटको उखु सबैतिर पुग्छ’

  • चैत १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / मुलघाटको उखु भन्ने वित्तिकै नेपालमै रसिलो उखुको रुपमा लिइन्छ । नीजि सवारी साधनमा होस् वा यात्रुवाहक बसमा यात्रा गर्ने जो कोहीले तमोर नदी छेउमा विक्री गर्न राखिएको उखु खरिद गर्छन् र कोसेलीको रुपमा लाने गर्छन् ।

तमोर नदी छेउमा रहेको प्रहरी चेकपोष्ट नजिक उखु विक्री व्यापारीहरु ग्राहकको पर्खाइमा बसेका हुन्छन् । कुनै पनि सवारी साधन त्यहाँ रोक्यो कि उखु विक्री गर्न उनीहरुहरुबीच हानाथाप हुने गर्छ ।

सवारी साधन रोक्ने वित्तिकै उनीहरु झ्याल झ्यालमा उखु बोकेर आउँछन् र उखु खरिद गर्न यात्रुहरुलाई आग्रह गर्छन् ।
तेह्रथुम जिरिखिम्तीका उमेश गौतमले धरान पुगेर फर्किइसकेपछि तेह्रथुम जादा मुलघाटमा मोटरसाइकल रोकेरै उखु लिएर जाने गरेको बताउँछन् ।

उनले यहाँको उखु अन्य ठाउँको भन्दा रसिलो हुने भएकोले फर्किदा उखु लिएरै मात्र जाने गरेको सुनाउँछन् । उनी भन्छन्–‘यहाँको उखु असाध्यै स्वादिलो छ, परिवारले पनि उखु लिएर आउनु भन्छन्, फर्किदा मुलघाटमा उखु खरिद गरेर लान्छु ।’

उनीमात्र हैन तेह्रथुमको लाली गुरास नगरपालिकाका कृष्ण खुवाङले समेत धरान पुगेर फर्किने क्रममा सधै मुलघाटको उखु लिएर जाने गरेको बताउँछन् । उनी भन्छन्–‘यहाँको उखु नै स्वादिष्ट छ, हरेक पल्ट आउँदा लिएरै जान्छु ।’

उखु विक्री गरेर यहाँका ६० घर परिवार भन्दा बढीले जीविको पाजर्न गर्ने गरेका छन् । उखु उनीहरुले त्यहा आउने सर्वसाधारणलाई लक्षित गरी टुक्रा बनाएर प्रतिमुठा ५० देखि एक सयसम्म बेच्ने गरेका छन् ।

यहाँका किसानहरुले समेत जीवनयापन गर्ने मुख्य आधार नै उखु खेति भएको बताएका छन् । स्थानीय ६५ वर्षीय माघिश्वर लिम्बू सिजनमा उखुले धेरै फाइदा हुने बताउँछन् । उनी भन्छन्–‘उखुको सिजनमा उखु बेच्दा अन्य काम भन्दा दोब्बर फाइदा हुन्छ, उख बिक्री गरेरे आएको पैसाले घर चलाउन सजिलो भएको छ ।’
उनीमात्र हैन उखु खेती गर्दै राजमार्गमा ल्याएर उखु बेच्नेहरुले राम्रो गुजारा चलाएको बताएका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved