भरौल गोल्डकप जागृती क्लब इटहरी सेमिफाइनल प्रवेश

  • चैत १६, २०७९
  • "दिपक पुरी"
alt

नडाहा  / छैटौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उद्घाटन खेलमा इटहरीको जागृति क्लबले जितेको छ । जितसँगै जागृति क्लब सेमी फाइनल प्रवेश गरेको छ ।

बुधबार जगन्नाथ डेडराज जनता माविको खेलमैदानमामा भएको खेलमा मोरङ एन्फाईलाई ट्राइबेकरमा जागृति क्लबले ३–४ गोल अन्तरले जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

ट्राइबेकरमा राष्ट्रिय जागृती क्लब इटहरीका खेलाडी प्रवेश दनुवार, सुमित चौधरी, विजय राई र उमेश कार्कीले गोल गरेका थिए भने रमेश राजवंशीको प्रहार गोलरक्षकले रोकिदिएका थिए ।
यता एन्फा मोरङका तर्फबाट विशाल पाण्डे, कोमल खवास र गोलरक्षक पमेजय गच्छदारले गोल गरेका थिए भने सगर खड्का र विष्णु गिरी गोल गर्नबाट चुकेका थिए ।

बुधबारको खेलको म्यान अफ द म्याच राष्ट्रिय जागृत क्बलका इसुव थपलिया घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
न्यु स्टार क्लवको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका समाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले गरेका थिए ।

बिहीबार हुने खेल पाहुना टोली कञ्चनजंगा फुटबल क्लव सिलगुडी भारत र आयोजक न्यु स्टार क्लवका खेल हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved