छैटौंँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप कञ्चनजंघा सेमी फाइनलमा प्रवेश

  • चैत १७, २०७९
  • " दिपक पुरी"
alt

नडाहा /  बराहक्षेत्रको भरौलमा जारी छैटौ भरौल गोल्डपको सेमी फाइनलमा पाहुना टोली कञ्चनजँघा फुटबल क्लब सिलगुढी प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वार्टर फाइनल खेलबाट आयोजक न्यु स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ५–६ गोल अन्तरले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कञ्चनजंगा सोनम चेप्चाले खेलकोे ३३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा न्युटारका मनिष राईले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछि दुवै टिमबाटद कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धमेलिएको थियो । टाइब्रेकरमा आयोजक न्यु स्टार क्लबका खेलाडी साजन राई, अमिर लामा, सन्दीप श्रेष्ठ, दिपेन्द्र धमला, दिवस लिम्बुले गरेका थिए भए भने सन्जय प्रधान र अनिस लिम्बुको पेनाल्टी विफल भएको थियो ।

यता कञ्चनजंगा फुटबल क्लवकातर्फबाट अरुण तामाङ ,सोनम लेप्चा ,सुब्रोटो सोरेन, समेल हर्दाल, अमीर लामा, अतिस राई गोल गरे भने अभिषेक ठकुरीको प्रहार न्यु स्टारका गोलरक्षकले बचाउ गरेका थिए ।

विहीबारको प्रतियोगितामा कञ्चनजंगा फुटबल क्लवका अरुण तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद पाच हजार सहित ट्रफी प्राप्त गरेका थिए ।

न्यु स्टार क्लवको आयोजनामा स्थानीय जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार तेस्रो क्वाटरफाइनल खेल पाहुना टोली भारतको आमुक्त परिवार दार्जिलिङ र गत वर्षको बिजेता काठमाडौंको क्षमादेवि प्यालिङग व्याइज युनाईटेड क्लव बीच खेल हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।

चैत्र २२ गते सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लबसहित ८ टिम सहभागी छन् ।
कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved